सामाजिक संजालमा भाइरल रणवीर -दीपिकाको बुढ्यौलीको तस्बिर , ८० बर्षको उमेर देखिन्छन यस्ता!

एजेन्सी , दीपिका पादुकोण र रणवीर सिङ्ग बलिउडका सफल अनि चर्चित दाम्पत्य जोडी हुन्।  यी दुई गत बर्ष बिवाह बन्धनमा बाँधिएका हुन्। चलचित्र मार्फत सबैको मन जित्न सफल यी जोडीको सामाजिक संजालमा पनि फ्यान फ़लोइङ्ग राम्रै रहेका छन।  जहाँ उनीहरुका बिभिन्न फ्यान पेजहरु पनि बनिरहेका छन।  यसै क्रममा पछिल्लो समय रणवीर र दीपिका फ्यानक्लबमा एक फोटो भाइरल भईरहेको छ। जहाँ उनीहरुलाई ८० बर्षको उमेरमा देखिने अवतारमा देखाईएको छ।

यस तस्बिरलाई कुनै व्यक्तिले एज ओल्ड फिल्टरको प्रयोग गरि बनाएका छन। जुन तस्बिर एक रिसेप्सन पार्टीको रहेको छ।  फोटोमा दुबैको छालामा चाउरीपन देखिएको छ भने रणवीरको कपाल र दाह्री सेतै फुलेको देखाईएको छ। जे होस तस्बिर हेरेरै अन्दाज लगाउन सकिन्छ कि यी जोडी ८० बर्षको उमेरमा पनि उत्तिकै जवान र आकर्षक देखिन्छन।

कामको कुरा गर्दा यी दुई बिवाह पश्चात चलचित्र ८३ मार्फत एकसाथ चलचित्रमा देखिदैछन जुन चलचित्र टिम इन्डियाका पुर्व कप्तान कपिल देवको जीवनसंग सम्बन्धित रहेको छ। यस चलचित्रको छायांकन पश्चात रणवीर तख्तको छायांकनमा ब्यस्त रहने छन।  यस्तै दीपिकाद्वारा अभिनित र पनि मेघना गुलजार द्वारा निर्देशित चलचित्र ‘छपाक’ प्रदर्शनको तयारीमा रहेको छ। जहाँ दीपिकाएसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको भूमिकामा देखिदै छिन।

 

 

 

प्रकाशित : मङ्गलबार, असार ३१, २०७६०६:५७

‘सुपर ३०’ ले ४ दिनमा गर्यो ५७ करोडको व्यापार !