‘सुपर ३०’ ले ४ दिनमा गर्यो ५७ करोडको व्यापार !

एजेन्सी , जुलाई १२ देखि प्रदर्शनमा आएको ऋतिक रोशन स्टारर चलचित्र सुपर ३० ले प्रदर्शनको दिने देखि नै शानदारको व्यापार गर्दै आइरहेको छ। चलचित्रले प्रदर्शनको दोश्रो दिनमा ३० करोडको व्यापार गर्न सफल भएको थियो। कबिर सिंह र आर्टिकल १५ का बाबजुत चलचित्र सुपर ३० लाई पनि दर्शकको भरपुर साथ मिलिरहेको छ।  फिल्मले तेस्रो दिन २०.७४ करोडको व्यापार गर्न सफल भएको छ। चलचित्रले सोमवार ७ करोडको व्यापार गरेको छ यसरी सुपर ३० ले प्रदर्शनको ४ दिनमा ५७  करोडको आँकडामा पुग्न सफल भएको छ।

चलचित्रले शुक्रवार ११.८३ करोड, शनिवार १८.१९ करोडको व्यापार गर्न सफल भएको थियो। यस हप्ता कुनै पनि ठुला चलचित्र प्रदर्शनमा नआएका कारणले गर्दा पनि सुपर ३० ले आफ्नो बजार कब्जा गर्न सफल भएको छ। यसै अनुसार जुलाई २६ देखि अर्जुन पटियाला र जज मेन्टल हैं क्या प्रदर्शनको तयारीमा रहेको छ। यसैबिचमा सुपर ३० पाइरेसी वेबसाईटमा लिक भइरहेको छ।

चलचित्रमा ऋतिकका अलावा मृणाल ठाकुर, पंकज त्रिपाठी, वीरेंद्र सक्सेना, अमित साध लगायतका कलाकारहरु मुख्य अभिनय रहेको छ। चलचित्रको कथा गणितज्ञ आनंद कुमारको सत्य जीवनसंग सम्बन्धित रहेको छ। विकास बहलको निर्देशनमा तयार भएको चलचित्रमा ऋतिक आनंद कुमारको भूमिकामा देखिएका छन। जुन चरित्रलाई दर्शक र चलचित्र समिक्षकद्वारा सकारात्मक प्रतिक्रिया मिलिरहेको छ।

 

 

 

प्रकाशित : मङ्गलबार, असार ३१, २०७६०७:५७

कत्तिकमा आउने भयो ‘माछा माछा’ !