सोनम कपुरमा देखियो यस्तो परिवर्तन, बुढी हुदा पनि देखिन्छिन यस्ती !

एजेन्सी , आफ्नो सुन्दरता , लुक्स र फेशनका कारण हरेक समय चर्चामा रहने नायिका सोनम कपुरको पछिल्लो समय उनका फ्यानहरुले सामाजिक संजालमा एक फोटो शेयर गरेका छन। उक्त तस्बिरमा सोनमलाइ ७५-८० बर्षको लुक्समा देखाईएको छ। जुन फोटो सोनम स्वयंले आफ्नो इंस्टाग्राममा शेयर गरेकी छिन। जुन फोटोलाई लिएर सोनम हाल चर्चामा रहेकी छिन। इडिट गरिएको उक्त फोटोमा सोनमलाई बुढी देखिएको छ।

सोनमले आफ्नो फोटो शेयर गर्दै ‘हेर्नुहोस ७५-८० बर्षको उमेरमा म यस्तो देखिन्छु तर मेरो सुन्दरता भने उत्तिकै रहनेछ’ भन्दै क्याप्सनमा लेखेकी छिन। फेशन क्विन सोनमको यस फोटोमा हजारौं लाइक र कमेन्ट आइरहेको छ।

सोनम अब छिट्टै नै चलचित्र ‘द जोया फैक्टर’ मा देखिदैछिन।  यो एक चर्चित किताबमा आधारित चलचित्र हो जुन विश्व कप क्रिकेटको लक्की चाम रहेकी एक महिलाको कथामा आधारित रहेको छ। जहाँ सोनम जोयाको भूमिकामा देखिदैछन भने दलकिर सलमान चलचित्रमा क्रिकेट टिमको कप्तानको भूमिकामा देखिदैछन।

 

 

 

प्रकाशित : बुधबार, साउन ०१, २०७६०६:११

सुटिंगको क्रममा घाइते भए बरुण धवन , घुँडामा लाग्यो गम्भीर चोट !