सुटिंगको क्रममा घाइते भए बरुण धवन , घुँडामा लाग्यो गम्भीर चोट !

एजेन्सी , बलिउड अभिनेता बरुण धवन पछिल्लो समय चलचित्र ‘स्ट्रीट डांसर 3D’ को छायांकनमा ब्यस्त रहेका छन।  यसै क्रममा बरुण चलचित्रको क्वाइमेक्स सीनको सुटिंगको प्राक्टिसको क्रममा नमाज्जाले घाइते भएका छन। जानकारी अनुसार बरुण एक क्वाइमेक्स सीनको दौरानमा घुंडामा गम्भीर चोट लागेको छ।

बरुण चलचित्र  ‘स्ट्रीट डांसर 3D’ को लागि टफ स्टेपको प्राक्टिस गरिरहेका थिए। मंगलवार बरुण ‘स्ट्रीट डांसर 3D’ मा बालकलाकारका साथमा प्राक्टिस गरिरहेको बेलामा अचानक लडेर  उनको घुंडामा चोट लागेको हो। यसै क्रममा उनका साथमा राहुल शेट्टी, धर्मेश र टशन सामेल थिए। चोट लागेपछि चलचित्र सुटिंगबाट केहि समय ब्रेक लिन आग्रह गरे पनि उनले ब्रेक लिनका लागि इन्कार गरेका छन।

चलचित्र ‘स्ट्रीट डांसर 3D’ मा बरुणका साथमा श्रद्धा कपूर देखिदैछिन। चलचित्र सुटिंगका लागि यी कलाकार यूके, जर्मनी, नेपाल लगायतका देशहरुमा गईरहेका छन। चलचित्रमा बरुण र श्रद्धाका अलावा प्रभुदेवा र नोरा फतेही पनि मुख्य भूमिकामा रहेका छन। चलचित्रलाई भूषण कुमार, दिव्या खोसला कुमार, कृष्ण कुमार र लिजेल डिसूजाले एकसाथ मिलेर निर्माण गरेका हुन्।  चलचित्र ‘स्ट्रीट डांसर 3D’ २०२० मा जनवरी २४ देखि प्रदर्शनमा आउदैछ।

 

 

 

प्रकाशित : बुधबार, साउन ०१, २०७६०७:४७

‘टेलर स्विफ्ट’ बनिन यस बर्ष विश्वको सबैभन्दा बढी कमाई गर्ने सेलिब्रेटी ,अरु को को परे त हेर्नुहोस !