‘टेलर स्विफ्ट’ बनिन यस बर्ष विश्वको सबैभन्दा बढी कमाई गर्ने सेलिब्रेटी ,अरु को को परे त हेर्नुहोस !

आजकलका महिलाहरु हरेक काम गर्नमा पुरुषभन्दा कम छैनन चाहे त्यो कमाईको मामला होस् या अन्य कुनै। हालै मात्र ‘फाईनान्स म्यागेजिन फोर्ब्स’ ले विश्वको सबैभन्दा बढी कमाई गर्ने सेलिब्रेटिको लिस्ट तयार परेको छ। जसमा पहिलो स्थानमा हलिउड स्टार ‘टेलर स्विफ्ट पर्न सफल भएकी छिन। यस बर्ष १८५ मिलियन डलरको कमाई गर्दै उनि पहिलो स्थान हासिल गर्न सफल भएकी हुन् भने भने दोस्रो स्थानमा रियालिटी टिभी स्टार काइली जेनर पर्न सफल भएकी छिन।  गत बर्ष काईली यस लिस्टको प्रथम स्थानमा पर्न सफल भएकी थिइन्।

जे.के. राउलिंग (कमाई $92 M)

जे.के. राउलिंग फोर्ब्स लिस्टको १३ औँ नम्बरमा सामेल रहेकी छिन। भने सबैभन्दा बढी कमाई गर्ने महिलाको तेस्रो नम्बरमा पर्न सफल भएकी छिन। जे.के. राउलिंगले सन् २००७ मा ह्यारी पोटर नामक उपन्यास पनि रिलिज गरिसकेकी छिन।

बेयोन्स($81 M)

अमेरिकन सिंगर बेयोन्स यस लिस्टको २० औँ नम्बरमा र सबैभन्दा बढी कमाई गर्ने महिलाको सुचिमा नम्बर ४ मा पर्न सफल भएकी छिन।बेयोंसले अस्टिन पावर्स इन गोल्ड्मेम्बर (२००२) र ड्रिमगर्ल्स (२००६ ) जस्ता सफल चलचित्रमा काम गरेकी छिन।

एलेन डिजेनरेस($80.5 M)

अमेरिकी कमेडियन, टिभी होस्ट , लेखक तथा निर्माता ‘एलेन डिजेनरेस’ ८०.५ मिलियन डलरको कमाई गरि यस बर्षको सबैभन्दा बढी कमाई गर्ने मध्ये ५ औँ स्थानमा रहेका छन।

किम कार्दशियन($72 M)

अमेरिकाकी हट अभिनेत्री किम कार्दशियन यस लिस्टको छैटौं स्थानमा पर्न सफल भएकी छिन।  उनि बर्ष २०१८ मा सबैभन्दा बढी गुगलमा सर्च भएकी सदाबहार अभिनेत्री हुन्।

रिहाना($62M)

पपस्टार रिहाना यस लिस्टको ७ औँ नम्बरमा पर्न सफल भएकी छिन। उनको आफ्नै मेकअप ब्रान्ड  पनि रहेको छ। उनको पछिल्लो बर्षको कुल कमाई  ५७० मिलियन डलर रहेको थियो।

केटी पैरी($57.5M)

अमेरिकन सिंगर केटी पैरी यस लिस्टको आठौँ स्थानमा पार्छिन। उनि एक शो गरे बापत एक मिलियन डलर चार्ज लिने गर्छिन।

पिंक ($57M)

पप स्टार पिङ्क यस लिस्टको ९ औं स्थानमा पर्छिन। उनको सन् २०१७ मा आएको गीति एल्बम ‘ब्युटिफुल ट्रौमा’ ले अत्याधिक कमाई गर्न सफल भएको थियो।

स्कारलेट जोहानसन($56M)

अमेरिकन एक्ट्रेस एवम सिंगर स्कारलेट जोहानसन यस लिस्टको १० औँ नम्बरमा पर्छिन। उनले केहि चर्चित चलचित्रमा समेत काम गरिसकेकी छिन।

 

 

प्रकाशित : बुधबार, साउन ०१, २०७६१२:२६

फिल्म फ्लप भए पनि मेरो व्यवसायमा कुनै असर परेको छैन; हरिहर अधिकारी !