फिल्म फ्लप भए पनि मेरो व्यवसायमा कुनै असर परेको छैन; हरिहर अधिकारी !

काठमाडौँ साउन २ , नेपालका युवा ज्योतिष तथा चलचित्र ‘शुभ लभ’ बाट नेपाली सिने जगतमा डेब्यु गरेका नायक हरिहर अधिकारी पछिल्लो समय तेलेगु फिल्म ‘अर्जुन रेड्डी’ को नेपाली रिमेकको छायांकनको तयारीमा रहेका छन। पेशाले हरिहर एक ज्योतिष हुन तर स्वइच्छाले चलचित्रमा प्रेबेश गरेका उनले चलचित्रमा भने खासै जादु देखाउन सकेनन तथापी चलचित्र असफल भएता पनि आफ्नो व्यवसायमा कुनै पनि बाधा अवरोध नपरेको उनले बताएका छन।

चलचित्र फ्लप भए पछी आफ्नो व्यवसाय पनि धरापमा पर्ने हो कि भन्ने डर हरिहरलाई नभएको भने होइन तथापी चलचित्र असफल भएपनि आफुले अंगाल्दै आएको पेशामा कुनै असर नदेखिएकाले हरिहरको डर हराएको छ। पछिल्लो समय मानिसहरु शिक्षित हुदै गएका र चलचित्र हेर्ने र चिना देखाउनेको जमात छुट्टै भएकाले आफुमा अब त्यस्तो कुनै पनि डरभाव पैदा नहुने उनले बताएका छन।

तेलेगु फिल्म ‘अर्जुन रेड्डी’ को हिन्दि रिमेक ‘कबिर सिंह’ ले फिल्मी बजारमा धमाका मच्चाए पछि आफ्नो चलचित्र चल्नेमा पनि  हरिहर ढुक्क त छन् नै तर पनि चलचित्र सफल होस् या असफल आफ्नो व्यवसायमा भने त्यस्तो कुनै पनि प्रकारको असर नपर्नेमा हरिहर बिश्वस्त रहेका छन।

 

 

प्रकाशित : बिहिबार, साउन ०२, २०७६०६:००

जन्मदिनको अवसरमा सार्वजनिक गरिएको प्रियंकाको विवाहका केहि आकर्षक तस्बिरहरु !