जन्मदिनको अवसरमा सार्वजनिक गरिएको प्रियंकाको विवाहका केहि आकर्षक तस्बिरहरु !

एजेन्सी , बलिउड चलचित्र उद्योगकी चर्चित अभिनेत्री प्रियंका चोपडा आफ्नो लुक्स र तस्बिरलाई लिएर बेलाबेलामा चर्चामा रहने गर्छिन। पछिल्लो समय प्रियंकाका केहि तस्बिरहरु सामाजिक संजालमा भाइरल समेत भइरहेकी छिन।  सन् २००० मा मिस वर्ल्डको उपाधि जित्न सफल प्रियंका आज आफ्नो ३७ औँ जन्मदिन मनाईरहेकी छिन। उनको जन्म सन् १९८२ जुलाई १८ मा जमशेदपुरमा भएको छ।  प्रियंका गत बर्ष डिसेम्वरमा हलिउड सिङ्गर निक जोनसका साथमा बिवाह बन्धनमा बाँधिएकी हुन्।

जन्मदिनको अवसर पारेर उनका विवाहका केहि आकर्षक तस्बिरहरु सार्वजनिक गरिएको छ। प्रियंका र निक दुई फरक फरक रितिरिवाजले वैवाहिक बन्धनमा बाँधिएका थिए। हिन्दु र क्याथोलिक परम्परा अनुसार भएको बिवाह अन्तत गोप्य रुपमा नै सम्पन्न भएको थियो।

परिवार र नजिकका केहि इष्टमित्र गरि जम्मा ८० जनाको बिचमा सम्पन्न गरिएको विवाहको तस्बिर सो समयमा सामाजीक संजालमा भाइरल भएको थियो।

हिन्दु रिति अनुसार सम्पन्न विवाहमा प्रियंका फेमस डिजाइनर स्बयासाचीद्वारा डिजाईन गरिएको रातो कलरको लेहेंगामा सजिएकी थिइन्।  जसको निर्माण गर्न करिब ३,७२० घन्टाको समय लागेको थियो।  त्यसै निक पनि स्बयासाचीको शेरवानीमा ट्रेडिसनल लुकमा देखिएका थिए।

त्यस्तै क्याथोलिक रिति अनुसार गरिएको विवाहमा भने प्रियंकाले व्हाइट कलरको गाउन लगाएकी थिइन् जहाँ उनलाई परि भन्दा कम देखिएको  थिएन भने निकले पनि राल्फ लॉरेनले डिजाइन गरेको डबल ब्रेस्टेड टक्सीडो सूटमा देखिएका थिए।

यी जोडीले आफ्नो विवाहको दुई ओटा रिसेप्सन पार्टी समेत दिएका थिए पहिलो पटक दिल्लीमा परिवार र अन्य चर्चित व्यक्तित्वका साथमा भने दोस्रो पटक मुम्बईमा सिने सेलिब्रेटीका साथमा भब्य रुपमा विवाह सम्पन्न गरिएको थियो।

 

 

 

प्रकाशित : बिहिबार, साउन ०२, २०७६०६:४८

तेस्रो पटक पिता बने अर्जुन रामपाल, गर्लफ्रेन्डले दिईन छोराको जन्म !