तेस्रो पटक पिता बने अर्जुन रामपाल, गर्लफ्रेन्डले दिईन छोराको जन्म !

एजेन्सी , बलिउड अभिनेता अर्जुन रामपाल तेस्रो पटक पिता बनेका छन।  अर्जुनकी गर्लफ्रेन्ड गैब्रिएलाले बिहिवार मुम्बईको हिंदुजा अस्पतालमा छोराको जन्म दिएकी हुन्। उनलाई बुधवार अस्पतालमा भर्ना गरिएको थियो जसको क्रममा गैब्रिएलाका  परिवार पनि साउथ अफ्रीकाबाट भारत आएका छन्। बिगत केहि समय अघि देखि उनका माता पिता मुम्बईमा रहदै आएका छन।

पत्नी मेहर जेसियासंगको सम्बन्ध बिच्छेद पश्चात बिदेशी कलाकार गैब्रिएलाका साथमा प्रेम सम्बन्धमा रहेका रामपाल बिवाह पुर्व नै पिता बनेका हुन्। बुधवार अस्पतालमा  भर्ना गरिएकी गेब्रिएलाका साथमा अस्पतालमा अर्जुन र उनका दुई छोरीहरु पनि उपस्थित थिए।

सन्तानको रुपमा छोराको जन्म दिएकाले सबै परिवार खुसि रहेका छन। हाल अर्जुनलाई विभिन्न माध्यामबाट बधाईको ऒईरो लागिरहेको छ।

 

 

 

प्रकाशित : बिहिबार, साउन ०२, २०७६११:१९

टेलिसिरियल ‘ससुराल सिमर का’ का बालकलाकारको सडक दुर्घटनामा परि मृत्यु !