उपासना र सम्राज्ञी बीचको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ साउन ३ , चकलेटी नायक अनमोल केसीका साथमा अन्स्क्रिन रोमान्स गरि नेपाली रजतपटमा पाइला टेकेका अभिनेत्रीहरु हुन सम्राज्ञी राज्य लक्ष्मी शाह र उपासना सिंह ठकुरी। उपसपनाले चलचित्र ‘क्याप्टेन मार्फत चलचित्रमा डेब्यु गरेकी हुन्। डेब्यु फिल्म नै अनमोल केसीका साथमा गरेकीले उनले पहिलो चलचित्रबाट नै दर्शकहरुको उल्लेखनीय साथ र माया पाएकी थिइन् भनेचलचित्र ड्रिम्स मार्फत डेब्यु गरेकी सम्राज्ञी पनि चलचित्र क्षेत्रमा आफ्नो पहिचान बनाउन हर प्रयास लागि परिरहेकी छिन। साथै थुप्रै चलचित्रमा काम गर्ने अवसर पाएकी छिन। तथापी यी दुइले अभिनय गरेको चलचित्र एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको छ।

पछिल्लो समय सम्राज्ञी चलचित्र ‘मरुनी’मा ब्यस्त रहेकी छिन उनका साथमा चलचित्रमा पुष्प खडका पनि देखिदैछन भने उपासना पनि चलचित्र कबड्डीको तेस्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’ मा व्यस्त छिन। रामबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्रमा उपासना अभिनेता दयाहांग राईका साथमा देखिदै छिन।

ठुला ठुला ब्यानरमा निर्माण गरिएको चलचित्रबाट फिल्मी करियर सुरुवात गरेका सम्राज्ञी र उपासना अभिनित चलचित्र एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको छ।  भाद्र १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रहरु मारुनी र कबड्डी कबड्डी कबड्डी मध्ये कुन ले बाजी मार्ने हो भन्ने बिषयमा पछिल्लो समय फिल्मी बजारमा चर्चाको बिषय बन्न पुगेको छ।  जे होस् दुवै चलचित्र फरक फरक बिषयवस्तुमा निर्माण गरिएकाले पनि केहि असर नपर्नेमा पनि चलचित्रका निर्मंताहरु बिश्वस्त रहेका छन।

 

 

 

प्रकाशित : शुक्रबार, साउन ०३, २०७६०८:०८

केकी र कोशिस स्टारर ‘रातो गलबन्दी’ को ट्रेलर सार्वजनिक (ट्रेलर सहित )