केकी र कोशिस स्टारर ‘रातो गलबन्दी’ को ट्रेलर सार्वजनिक (ट्रेलर सहित )

साउन ५ काठमाडौँ , साउन १७ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘रातो गलबन्दी’ को ट्रेलर अन्तत सार्वजनिक गरिएको छ।  अनिस थापाको निर्देशनमा तयार गरिएको चलचित्रलाई  निर्माता हिमाल कडरिया र दुर्गा बस्नेतले संयुक्त रुपमा निर्माण गरेका हुन्।

सार्वजनिक ट्रेलरमा अभिनेत्री केकी अधिकारी र कोशिश क्षेत्री बिचको प्रेम सम्बन्धलाई देखाईएको छ। अष्ट महर्जनको द्वन्द तथा गोविन्द राइको कोरियोग्राफी रहेको चलचित्रमा केकी अधिकारी , कोशिश क्षेत्री , छहेमन्त बुढाथोकी , सम्राट थापा लगायतका  कलाकारहरुको मुख्य अभिनय रहेको छ।

प्रदर्शनको १२ दिन अघि मात्र ट्रेलर सार्वजनिक गरिएकोकति  चलचित्र रातो गल्बदीले हेरौं दर्शकको साथको पाउने छ।

 

 

 

 

प्रकाशित : आइतबार, साउन ०५, २०७६०७:२३

मङ्सिरमा आउने भयो आर्यन र मिरुनाको ‘च च हुई’ !