१२ बर्ष पछि चलचित्रमा कमब्याक गर्दै शिल्पा !

एजेन्सी , बिगत लामो समयदेखि चलचित्र क्षेत्रबाट टाढा रहेकी अभिनेत्री शिल्पा शेट्टी एक पटक फेरी फिल्मी क्षेत्रमा आगमन हुने तयारीमा रहेकी छिन। जानकारीमा आए अनुसार अभिनेता दिलजीत दोसांझ र यामी गौतमका साथमा एक कमेडी चलचित्रमा शिल्पाले  साईन गरेकी छिन। नाम घोषणा नगरिएको चलचित्रलाई अजीज मिर्जाका छोरा हारूनले निर्देशन गर्दैछन। उनले यसै चलचित्रमार्फत चलचित्र निर्देशनमा डेब्यु गर्दै छन्।

शिल्पा सन् २००७ मा प्रदर्शनमा आएको चलचित्र ‘अपने’ मा धर्मेंद्र, सनी देओल, बबी देवलजस्ता कलाकारका साथमा प्रमुख भूमिकामा देखिएकी थिइन्। त्यसपश्चात केहि चलचित्रमा अतिथि कलाकारको रुपमा देखिएकी शिल्पाले मुख्य भूमिकामा यसै चलचित्र मार्फत सन् २०१९ मा कमब्याक गर्न लागेकी हुन्।

१ महिनाको लागि छुट्टी मनाउन लन्डनमा रहेकी शिल्पा अगस्ट पहिलो महिना मुम्बई फर्किने छिन र चलचित्रको छायांकनमा जानेछिन। चलचित्रलाई लिएर शिल्पा उत्साहित रहेकी छिन। एक जानकारी अनुसार शिल्पा यस चलचित्रमा लेखकको भूमिकामा देखिदैछिन।

 

 

प्रकाशित : शुक्रबार, साउन ०३, २०७६०७:१८

उपासना र सम्राज्ञी बीचको भिडन्त, कसले मार्ला बाजी ?