फोनबाट गाली गर्नेलाई १५ लाख जरिवानासहित १ बर्षको कैद सजाय हुने !

साउन ६ काठमाडौँ , सूचना प्रबिधि विधयेकमा सामाजिक संजाल प्रयोगकर्ताका लागि सजायको प्रावधान राखेको भन्दै  कडा आलोचना  भईरहेको बेला नेपाल सरकारले फोन मार्फत गाली गर्ने धम्काउनेलाई पनि उस्तै खालको नियम तयार पारेको छ।

फोन गरेर या एसएमएस मार्फत यदि कसैलाई गाली गर्ने , धम्काउने या दुख दिने गरेको पाईएमा एक वर्षसम्मको जेल सजाय र १५ लाखसम्मको जरिवाना हुने नियम  प्रस्तावित मस्यौदामा उल्लेख गरिएको छ।

सूचना तथा संचार मन्त्रालयले तयार परेको नया संचार मस्यौदा अन्तर्गत फोन मार्फत गाली बेइजत्ती गर्ने गरेमा १० देखि १५ लाख सम्मको जरिवाना लाग्ने र १ बर्षको कैद सजाय हुने वा दुवै हुन सक्ने कुरा उल्लेख गरिएको छ।

 

 

प्रकाशित : सोमबार, साउन ०६, २०७६०८:२३

खेत जोत्दै गर्दा चट्याङ लागि हल गोरु सहित हलीको ज्यान गयो !