बढ्दो उमेरसंगै सलमानलाई लाग्न थाल्यो डर, कारण यस्तो !

एजेन्सी , बलिउड जगतमा आफ्नो अभिनय क्षमताका कारण हरेकको मन जित्न सफल अभिनेता सलमान खान पछिल्लो समय चलचित्र दबंग ३ को सुटिंगमा ब्यस्त रहेका छन। ५५ बर्षको उमेर पुग्दासम्म सलमान फिट अनि तन्दुरुस्त नै छन।  तर बढ्दो उमेर संगै शरीरमा आउने परिवर्तनले गर्दा सलमानलाई पछिल्लो समय डर लाग्न थालेको बताएका छन।

उनको बढ्दो  उमेरलाई लिएर गरिएको एक अन्तर्वार्तामा सलमानले आफुलाई उमेर बढे संगै डर लाग्न थालेको बताएका छन। ‘यतिका उमेर सम्म पनि चलचित्रमा एक्सन सिन गर्न डर लाग्दैन’ भन्ने प्रश्नमा सलमानले म धेरै पहिले देखि नै चलचित्रमा एक्सन सिन दिदै आइरहेको छु एक्सन गर्नु मेरो लागि आदत भईसकेको छ तर कहिले काही भने एकै सिनका लागि ६/७ पटक सम्म रिहर्सल गर्नु पर्ने भएकाले शरीरमा असह्य पिडा हुने बताएका छन।

यसका साथै उमेर बढेसंगै विभिन्न शारीरिक समस्याहरुको सामना गर्नु परिरहेको समेत बताएका छन। सलमानले बलिउडका बाघ कलाकारहरु अमिताभ बच्चन , अर्जुन कपुर, संजय दत्तलाई पनि बुढो नठान्ने बताएका छन। शारीरिक रुपमा बलवान देखिए पनि उमेरले गर्दा विभिन्न स्वास्थ्यसम्बन्धी समस्याहरसंग जुध्नुपर्ने उनले बताएका छन।

सलमान राती २/३ घण्टा मात्र सुत्छन र बाकी समय उनि कि त टेलिभिजन कि त पेंटिंग गर्नमा व्यस्त रहन्छन। कामको कुरा गर्दा सलमान हाल रियालिटी शो ‘नच बलिए ९’ र ‘दबंग ३’ को छायांकनमा ब्यस्त रहेका छन। यस पश्चात उनि संजय लिला भन्सालीको चलचित्र ‘इंशाअल्लाह’ को छायांकनमा जाने छन् यस चलचित्रमा सल्मनाका साथ अभिनेत्री आलिया भट्ट पनि देखिदै छिन।

प्रकाशित : बिहिबार, साउन ०९, २०७६०६:००

प्रेमी देवांश राणासँग साम्राज्ञीको गाडीमै ‘किस’