प्रेमी देवांश राणासँग साम्राज्ञीको गाडीमै ‘किस’

काठमाडौँसाउन ९ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला प्रेमी देवांश  जंगबहादुर राणासंग घुमघाममा व्यस्त छिन् । उनि प्राय: प्रेमको कारण चर्चामा आउछिन् । होलिडे मनाउन इन्डोनेशियाको बाली पुगेकी साम्राज्ञी प्रेमीसंगको तस्विरको कारण पटक-पटक विवादमा तानिएकी छिन् ।

 केहि दिन अगाडी साम्राज्ञीले सामाजिक संजाल इन्स्टाग्राममा शेयर गरेको  ३ तश्विर सामाजिक संजालमा निकै भाइरल  भयो  । त्यसपछि उनले फेरी अर्को हट तस्विर सार्वजनिक गरेकी छिन्।  तस्विरमा साम्राज्ञी गाडीभित्र प्रेमी  देवांशसंग किस गर्दै गरेको देखिएकी छिन्।

केहि दिन अगाडी उनका तस्विर निकै  विवादित बनेपछि साम्राज्ञीले आलोचकप्रति इंगित गर्दै लेखेकी थिइन्,‘हात्ती चले बजार कुत्ता भुके हजार ।’

चलचित्र ‘रातो टिका निधारमा’ र ‘मारुनी’ को छायाँकन सकिएपछि साम्राज्ञी होलिडे मनाउन बालि  पुगेकी हुन् ।  साम्राज्ञी अहिले प्रेमी देवांश राणाको प्रेममा रमाइरहेकी छिन्  ।

उनि अभिनित चलचित्र ‘मारुनी’ भदौ १३ गतेबाट प्रदर्शनमा आउदैछ भने ‘रातो टिका निधारमा’ दशैंमा रिलिज हुँदैछ ।

प्रकाशित : बिहिबार, साउन ०९, २०७६०६:३२

के ‘शाहिद’ को भाउ बढेकै हो त ?