के ‘शाहिद’ को भाउ बढेकै हो त ?

एजेन्सी , बलिउड अभिनेता शाहिद कपुर अभिनित पछिल्लो चलचित्र ‘कबिर सिंह’ ले बक्स अफिसमा धमाकेदार प्रदर्शन गर्न सफल भएको छ।  कबिर सिंह सफल भए संगै पछिल्लो समय फिल्मी बजारमा शहिदको चर्चा पनि चुलिदै गएको छ। यसका साथै शहिदले आफ्नो पारिश्रमिक पनि दोब्बर गरेको कुरा बाहिरिएको छ। उनले चलचित्रको सफलता संगै आफ्नो फि बढाएर ३५-४० करोड पुर्याएका छन।

फिस बढाउने सन्दर्भमा शहिदले एक अन्तर्वार्तामार्फत सबै कुरा क्लियर गरेका छन्। उनले भनेका छन म पारिश्रमिक लिनकै लागि चलचित्रमा स़ाईन गर्छु। मलाई लाग्छ जो ब्यक्ति पैसा कमाउछन् उनीहरु कि त भूषण कुमार कि त मुराद खेतानी हुन्छन। यसका साथै उनले मेरो जति ब्यांक ब्यालेन्स छ त्यो सबै कबिर सिंह भन्दा पहिले नै थियो।  म अब पैसा कमाउनकै लागि भए पनि चलचित्रमा साईन गर्छु’।

खबर अनुसार कबिर सिंह पश्चात शाहिदले तेलुगु चलचित्र ‘जर्सी’ मा काम गर्नका लागि निर्मातासंग ४० करोडको डिमाण्ड गरेका थिए।

संदीप वांगाको निर्देशनमा तयार गरिएको चलचित्र कबीर सिंहले प्रदर्शनको  ३३ दिनमा २ सय ७० करोडको व्यापार गरि बलिउडको सबैभन्दा बढी व्यापार गर्ने चलचित्रको सुचिमा सुचिकृत हुन पुगेको छ। चलचित्रलाई दर्शक तथा समिक्षकले मिश्रित प्रतिक्रिया जनाईरहेका छन्।

 

 

 

 

 

प्रकाशित : बिहिबार, साउन ०९, २०७६०७:५०

चर्चित कमेडियन कपिल शर्मा बाबु बन्दै, एयरपोर्टमा देखिए यस्तो अवस्थामा…