साउन ०९ गोरखा , गोरखाको धार्चे गाउँपालिका खोर्लाबेसीमा बिहिवार बिहानै ओडारभित्र लुकाएर राखिएको १६ किलो सुन प्रहरीले बरामद गरेको छ।
बिगत २७ दिनअघिदेखि हराईरहेको धनकमल गुरुङले लुकाएर राखेको सुन ओडार भित्र भेटिएको प्रहरीले जनाएको छ।
तिब्बतबाट खच्चडमा ल्याएको सुन लुटेराले लुट्न खोजेपछि धनकमलले सुनलाई लुटेराबाट बचाउनका लागि मनास्लु पदमार्ग नजिकै ओडारभित्र लुकाएर राखेको प्रारम्भिक अनुसन्धानबाट खुल्न गएको छ।
२७ दिन अघिदेखि २७ किलोल सुन सहित हराईरहेका धनकमललाई खोज्नका लागि परिवारले प्रहरीमा निवेदन दिएका थिए। अन्तत उनलाई प्रहरीले बुधवार पक्राउ गरेको थियो।