विवाह भएको दिन देखिनै श्रीमानले जबरजस्ती गरे भन्दै श्रीमती प्रहरीकोमा पुगेपछि…

काठमाडौँ- श्रीमानले इच्छा विपरित सम्बन्ध राखे भन्दै श्रीमतीले प्रहरीमा उजुरी गरेपछि एक युवक पक्राउ परेका छन्।

टेम्के मैयुङ गाउँपालिका भोजपुर माइती भएकी १७ वर्षीया सुनिता थापाले प्रहरीमा उजुरी गरेपछि सुनसरी धरान उपमहानगरपालिका-६ का २१ वर्षीय युवराज कार्कीलाई प्रहरीले पक्राउ गरेको हो।

सुनिताले बिहीबार इलाका प्रहरी कार्यालय धरानमा जबरजस्ती करणीको उजुरी दिए पछि बिहिबारनै कार्कीलाई पक्राउ गरिएको धरान प्रहरीले जनाएको छ।

सुनिता र युवराज बीच दुई महिना अगाडी मात्रै मागी विवाह भएको बताइएको छ। विवाह भएको दिन देखिनै श्रीमानले आफूलाई कुटपिट गरी इच्छा विपरित सम्बन्ध राख्दै आएको सुनिताको आरोप छ।

उजुरी दिने सुनिताको वीपी कोइराला स्वास्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिसकिएको छ। पक्राउ पर्ने विरुद्ध प्रहरीले जबरजस्ती करणी ऐन अन्र्तगत मुद्धा दर्ता गराएर अनुसन्धान शुरु गरिसकेको छ।

स्थानीयहरुका अनुसार यी दुईको गत वैशाख २७ गते मात्रै विवाह भएको थियो।

प्रकाशित : बिहिबार, साउन ०९, २०७६०९:४८

जब लुटेरा आएपछि खच्चड छोडेर १६ किलो सुन लुकाई काठमाडौँ पसे धनकुमाल …