जब लुटेरा आएपछि खच्चड छोडेर १६ किलो सुन लुकाई काठमाडौँ पसे धनकुमाल …

काठमाडौँ : प्रहरीले गोरखाको एक ओडारमा लुकाएर राखिएको १६ किलोग्राम सुन बरामद गरेको छ ।

गोरखाको उत्तरी क्षेत्रमा पर्ने धार्चे गाउँपालिकाको खोर्लाबेसीस्थित एक ओढारमा लुकाईएको १६ किलो सुनसहित एकजना पक्राउ परेका हुन् ।

करिब १ महिनाको प्रयासपछि गोरखाको धार्चे गाउँपालिकास्थित केरौंजा यारुबगरका धनकमल गुरूङलाई नियन्त्रणमा लिएर उक्त सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

गत असार ११ गते सुन लिएर हिँडेका खच्चड व्यवसायी गुरूङमाथि सुन लुट्न आएकासँग झडप भएपछि उनी सुन ओडारमा लुकाएर काठमाडौँ पसेको अनुसन्धानमा खुलेको छ ।

उक्त घटनापछि बेपत्ता भएका गुरूङको खोजि गर्न परिवारले प्रहरीमा उजूरी गरेपछि उनको खोजि गर्ने क्रममा सुनबारे सुइँको पाएपछि यत्रतत्र खोजि गरि प्रहरीले २६ दिनपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो ।

सोहि क्रममा गुरूङ प्रहरीको टोलि सहित सुन लुकाएको स्थानमा पुगेपछि १६ किलोग्राम सुन बरामद भएको थियो। उनले उक्त सुन भारत पठाउन भरियाको काम गरेको बताएपनि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : बिहिबार, साउन ०९, २०७६१०:०४

एक बिहानै समातिए लागुऔषध कारोबारी युवती !