काठमाडौँ : बिहिबार बिहान मोरङको विराटनगर महानगरपालिका १५ स्थित राम जानकी मन्दिर छेउबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन ।
बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले आज बिहान सवा ६ बजे स्थानीय ३० बर्षीय अरजिना खातुनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका खातुनले झोलामा लुकाई छिपाई ल्याएको लुपिजेसिक २ सय एम्पुल, एभिल २ सय एम्पुल, डाईजोल्याव २ सय एम्पुल, स्पास्मो १४४ चक्की, नाईट्रेसन ३० चक्की, डाईजेल्याप ५ बोतल र नगद २६ हजार रुपैयाँ समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ परेका खातुनलाई जिल्ला अदालत मोरङबाट लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत म्याद थप गरी अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।