सावधान ! असुरक्षित शारीरिक सम्पर्क पछि पिल्सको प्रयोग गर्दा हुन्छन् यस्ता खतरा

काठमाडौ । पिल्स एक गर्भ निरोधको साधन हो । यसले कण्डम अन्य साधनहरु जस्तै गर्भ रहन दिदैन् । त्यसैले आज हामी परिवार नियोजनको साधन मध्येको पिल्सको बारेमा कुरा गदै छौ ।

विभिन्न विद्धानहरुका अनुुसार पिल्स प्रयोग गर्दा यसले महिलाहरुको शरिरमा असर गर्ने बताएका छन् । यसले हर्मोनको उताब चडावका कारण टाउको दुख्ने तथा माईग्रेनको समस्या हुन सक्छ । यदि तपाई पनि यसको प्रयोग गर्नुहुन्छ । सावधान हुनुहोस् हेर्नुस ,। यस्तो छ बेफाइदाहरु

-पहिलो बेफाइदा हो , पिल्स खाएपछि यसले महिलाहरुलाई लठ्याउने काम गर्छ । त्यसैले बेलुका खाना खाने बेलामा वा सुत्ने बेला भन्दा पहिले प्रयोग गर्नु उचित हुन्छ । पिल्स खाँदा जहिले पनि ठिक समयमा खानु राम्रो हुन्छ । किनभने यसको समयमा अन्तर भएमा असर गर्छ ।

-त्यसैगरी दोस्रो बेफाइदा हो , पिल्सले महिलाहरुको स्तन सुन्निनु वा कडापन आउने समस्या देखा पर्दछ । किनभने यदि शरिरमा हर्मोनमा गडवडी भयो भने यस्तो हुन्छ । यस्तो बेलामा कफी तथा नुनको मात्रा घटाई सपोर्टवाला ब्रा लगाउन राम्रो हुन्छ ।

-त्यसैगरी तेस्रो बेफाइदा भनेको , यसले महिनावारीका बेला असामान्य किसिमले रगत जाने समस्या देखा पर्दछ । यदि यो प्रयोग गरेको दुई वा तीन महिनाको बीचमा महिलाको महिनावारीका बेला असामान्य रुपमा रगत बग्छ । हर्मोन बढाउने पिल्स लिदा पाठेघरमा एन्डोमेट्रियलको लाइनिङ कमजोर भई झर्न सक्छ जसका कारण असामान्य रुपमा रगत बग्न शुरु हुन्छ । तर तपाइले पिल्स लिइसकेपछि पाँच दिनसम्म तथा सो भन्दा बढी दिनसम्म रगत बगिरहेमा डाक्टरको सल्लाह लिनु राम्रो हुन्छ ।

-त्यसैगरी यसको प्रयोगले तौल वृद्धि हुन्छ । गर्भ रहन नदिनका लागि भन्दै पिल्समा अत्यधिक मात्रामा एस्ट्रोजन राखिएको हुन्छ । जसले गर्दा खासगरी महिलाहरुको हिप तथा स्तन बढेको देखिन्छ ।

-त्यसैगरी अर्को बेफाइदा हो , पिल्सले महिलाहरुको योनी दुख्ने पोल्ने भइ इन्फेक्सन हुने सम्भावना हुन्छ ।

-त्यसैगरी अर्को पिल्सले डिप्रेसनको समस्यामा पनि लैजान सक्छ । किनभने सिन्थेटिक हार्मोनले मस्तिस्कको नसामा असर गर्छ ।

-र अन्तिम बेफाइदा रहेको छ । पिल्सले महिलाहरुको यौ न इच्छामा पनि कमी ल्याउछ ।

प्रकाशित : बिहिबार, साउन ०९, २०७६११:१०

गर्भवस्थामा हुने यस्ता गल्तिकै कारण बच्चाको मुटुमा पर्छ प्वाल!