कर्कलाको पात स्वास्थ्यसम्बन्धी यी समस्याका लागि उपयोगी, प्रयोग गरेर हेर्ने होइन त?

पिडालुको पात अर्थात यसलाई कर्कला पनि भन्ने गरिन्छ जुन गाउँघरको पाखापखेरा तिर प्रसस्त मात्रामा पाइने गर्दछ ।  यो स्वाद र सन्तुष्टिका साथ साथै पौष्टिक तत्वले समेत भरिपुर्ण रहेको छ।  मनिसहरुले यसलाई  पकौडा बनाउन , सब्जीको रुपमा तथा अन्य थुप्रै प्रयोजनका लागि प्रयोग गर्ने गरेका छन। कर्कलाको पातलाई औषधिको रुपमा समेत प्रयोग गर्ने गरिन्छ। यसमा प्रसस्त मात्रामा भिटामिन ए , बि ,सी , क्याल्सियम , पोटासियम एवम एन्टी अक्सिडेन्ट पाइन्छ जुन स्वास्थ्यका लागि अति नै उपयोगी छ।

यसको सेवनले विभिन्न स्वास्थ्यसम्बन्धी समस्याबाट समेत छुटकारा पाउन सकिन्छ । आउनुहोस एकैछिन कर्कलाको सेवनबाट स्वास्थ्यका लागि हुन सक्ने फाइदाको बारेमा चर्चा गरौँ:

ऐसिडिटीका लागि फाइदाजनक

पेटसंग सम्बन्धी समस्या भएकाहरुका लागि कर्कलाको सेवन फाइदाजनक रहेको छ। यस्तो समस्याबाट निजात पाउनका लागि कर्कलाको पात तथा डाठलाई पानीमा उमाली अलिकति घ्यु मिलाई लगातार ३ दिन सम्म दिनको २ पटक सेवन गर्नाले बिशेष लाभ हुनेछ ।

 आँखाको तेज बढाउनका लागि

कर्कलामा प्रसस्त मात्रामा ‘भिटामिन ए’ युक्त गुण पाइन्छ, जसको सेवनले आँखाको दृष्टि तेजिलो पार्नुका साथै मांसपेशी बलियो पार्नमा समेत महत्वपुर्ण भूमिका निर्वाह गर्दछ।

जोर्नी दुखाई कम गर्न

हाडजोर्नीको समस्याबाट तत्काल छुटकारा पाउनका लागि हरेक दिन कर्कलाको पातको सेवन गर्नु आवश्यक रहेको छ।

रक्तचाप 

कर्कलाको पातले रक्तचाप नियन्त्रण गर्नमा पनि अहम भूमिका निर्वाह गर्दछ। साथै यसको सेवनले मानसिक तनाव कम गर्नमा समेत फाइदा हुनेछ ।

तौल नियन्त्रण

शरीरको अनावश्यक तौलको नियन्त्रण गर्नका लागि पनि कर्कलाको भूमिका अतुलनिय रहेको छ।  यसमा रहेको फाइबरले मेटाबोलिज्मलाई सक्रिय बनाई अनावश्यक तौल बढ्नबाट रोक्ने गर्छ।

प्रकाशित : शुक्रबार, साउन १०, २०७६०७:३५

काखी गन्हाउँछ ? त्यसो भए यस्तो उपाय अपनाउनुहोस्, रातारात देखिनेछ कमाल !