बार्सिलोनाले पुगेका ग्रिजम्यानलाई प्रतिबन्ध हुन सक्ने ! यस्तो छ कारण

एजेन्सी, मड्रिड । ला लिगाका अध्यक्ष जेभिएर टेबासले एटलेटिको मड्रिडले औँफ्ना पूर्वखेलाडी एन्टोनी ग्रिजम्यानलाई प्रतिबन्ध लगाउन प्रस्ताव गरेको बताएका छन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ ।

खेलाडी ट्रान्सफर प्रक्रियामा अनियमितता भएको भन्दै एटलेटिको मड्रिडले ला लिगासँग ग्रिजम्यानलाई प्रतिबन्ध गर्नको लागि प्रस्ताव गरेको हो । टेबासले मड्रिडले ग्रिजम्यानको लाइसेन्स पनि खारेज गर्न औँग्रह गरेको दाबी गरेका छन् ।

उनले स्पेनिस मिडिया औन्दा केरोसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । ग्रिजम्यान भर्खरैमात्र १२० मिलियन डलरमा एटलेटिको मड्रिडबाट बार्सिलोनामा गएका थिए ।

उनको रिलिजका लागि बार्सिलोनाले १२० मिलियन युरो तिरेको थियो । मड्रिडले भने बार्सिलोनासँग दुई सय मिलियन युरो मागेको थियो । यस्तो भेटिएमा ग्रिजम्यानलाई कारबाही गर्नुपर्ने टेबासको भनाइ छ ।

प्रकाशित : शुक्रबार, साउन १०, २०७६०४:०६

एसेन्सियो नहुँदा रियलसँग के छ विकल्प ?