आर्सनलका खेलाडी ओजिज माथि “चोर ग्याङ्”ले बीच सडकमै चक्कु हान्न खोज्दा…[भिडियो सहित]

एजेन्सी – इंग्लिस फुटबल क्लब आर्सनलका केहि खेलाडीहरुलाई लुट्ने प्रयास भएको छ।

आर्सनलका खेलाडीद्वय मेसुट ओजिज र सइद कोलासिनाकलाई लन्डनको सडकमा एक हतियारधारी लुटेराको समूहले आक्रमण गर्दै लुट्ने प्रयास गरेको हो।

घटना लन्डनको गोल्डर्स ग्रिन नजिकैको प्लाट्स लेनमा अपरान्ह ५ बजे घटेको बताइएको छ भने आक्रमणकारीले कुट्ने प्रयास गरेको एक भिडियो पनि सामाजिक संजालमा देखा परेको छ।

सार्वजनिक सिसिटिभी फुटेजमा दुई लुटेरालाई देखिएको छ। लुटेरालाई लखेटेर कारमा चढेका कोलासिनाकलाई एक जना माक्स लगाएका लुटेराले तान्ने प्रयास गरेको पनि भिडियोमा देखिएको छ।

भिडियोमा देखिए अनुसार लुटेराले चक्कु समय बोकेका थिए। सामाजिक संजालमा सार्वजनिक भएको यस भिडियोलाई लन्डन महानगरीय प्रहरीले पुष्टि गरिसकेको छ। यस्तै आर्सनलले एक विज्ञप्ति जारी गर्दै आफ्ना दुवै खेलाडीलाई सकुशल रहेको जनाएको छ।

लुट्न खोज्ने आक्रमणकरीहरुको लन्डन प्रहरीले खोजि गरिरहेको छ।

प्रकाशित : शुक्रबार, साउन १०, २०७६०५:०४

नेपाललाई हराउने कतारलाई कुवेतले हरायो, नेपाललाई ठूलो फाइदा !