नेपाललाई हराउने कतारलाई कुवेतले हरायो, नेपाललाई ठूलो फाइदा !

सिंगापुर – सिंगापुरमा जारी आईसीसी टी २० एसिया विश्वकप छनोटमा शुक्रबारको पहिलो खेलमा कुवेतले कतारलाई १० रनरले पराजित गरेको छ । यो सँगै नेपालको अघिल्लो चरण समिकरण केहि सहज बन्न पुगेको छ ।

टस हारेर पहिला ब्याटिङ थालेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९७ रन बनाएको थियो । कुवेतका लागि म्यान अफ द म्याच अदनान आर्डिसले ३२ बलमा ८ चौका र २ छक्का सहित ५६ रनको उत्कृष्ट इनिङ खेले । त्यस्तै मिट भावसार ३५, उस्मान वहीदले २८ रनको योगदान दिए । कतारका लागि तमोर शज्जाद र इकवाल हुसेनले समान २ विकेट लिए ।

१ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको कतार निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८७ रन बनाउन सक्यो । उसका लागि तमोर शज्जादले ३२ बलमा ३ चौका र २ छक्का सहित ४६ रनमा अविजित रहेपनि टोलीको हार टार्न सकेनन् । त्यस्तै नोमान शनवार ३४,इनाम उक हल २८र फैसल जाभेदले २५ रन बनाए । कुवेतका लागि शिराज खान र जनदु हमौदले समान २ विकेट हात पारे ।

यो सँगै अघिल्लो चरण समिकरण थप रोचक बनेको छ । ३ खेलमा २ मा हारका र १ मा जितका साथ पुछारमा रहेको कतारको अघिल्लो चरण लगभग समाप्त भएको छ ।

त्यस्तै सिंगापुर २ खेलमा १ मा जितका साथ ३ अंक जोड्दै शीर्षस्थानमा छ । कुवते ३ खेलमा समान १ मा हारका जितका साथ दोस्रो स्थानमा रहेको छ । मलेसिया २ खेलमा समान १ मा हार जितका साथ तेस्रो स्थानमा छ । नेपाल पनि २ खेलमा समान १ खेलमा जित हारका साथ चौथो स्थानमा छ ।

आजको अर्को खेलमा मलेसिया र सिंगापुर भिड्दै छन् । यस खेलमा सिंगापुर विजयी भए र नेपालले बाँकी दुबै खेल जिते सहजै अघिल्लो चरणमा प्रवेश गर्ने छ । नेपालले शनिवार कुवेत र आईतबार सिंगापुरसँग खेल्ने छ ।

प्रकाशित : शुक्रबार, साउन १०, २०७६०६:०४

धोनीको जम्मु कश्मिरमा ड्युटि, धोनीले ड्यूटीसँगै गार्डको काम पनि गर्नु पर्ने