धोनीको जम्मु कश्मिरमा ड्युटि, धोनीले ड्यूटीसँगै गार्डको काम पनि गर्नु पर्ने

एजेन्सी – भारतीय टोलीका कप्तान तथा विकेटकीपर महेन्द्र सिंह धोनीले आर्मीबाट जम्मू कश्मीरमा तालिम र ड्युटि गर्ने भएका छन् ।

भारतीय आर्मीका लेफ्टिनेन्ट कर्नल धोनीले भारतीय सञ्चार माध्यमका अनुसार ३१ जुलाई देखी १५ अगष्ट सम्म जम्मु कश्मिरमा ड्युटि गर्ने छन् । धोनीले कश्मीरमा विक्टर फ़ोर्स यूनिटका साथ तालिम गर्ने छन् । भारतीय सञ्चार माध्यमका अनुसार धोनीले ड्यूटीसँगै गार्डको काम पनि गर्ने छन् ।

धोनीले अर्को महिनामा वेस्ट इन्डिजसँग हुने समान तीन टी ट्वान्टी र वान डे सिरिजको लागि आफ्नो नाम फिर्ता लिएका थिए । भारत दुई साता अघि इंग्ल्यान्डमा सम्पन्न विश्वकपमा न्युजिल्यान्डसँग सेमिफाइनलमा पराजित हुँदै बाहिरिएपछि धोनीको सन्न्यासको चर्चा चलेको थियो । तर धोनीले तत्काल सन्न्यास नलिने बुझिएको छ ।

धोनीले आगमी वर्ष अष्ट्रेलियामा हुने टी २० विश्वकप खेल्ने इच्छा राखेको बुझिएको छ । टी ट्वान्टी विश्वकप,वान डे विश्वकप र च्याम्पिनयशीप ट्रर्फि गरि आईसीसीको तीनै प्रतियोगिता जिताउने धोनी विश्वका एक्लो कप्तान हुन् ।

प्रकाशित : शुक्रबार, साउन १०, २०७६०७:३१

सिंगापुरले मलेसियालाई हराएपछि नेपाललाई “लट्री” नै लाग्यो, भयो फाइदै फाइदा !