‘रअ’ प्रमुख भेटेको “हल्ला” बारे ज्ञानेन्द्र – कपोलकल्पित, मनगढन्ते र राष्ट्रको गरिमा घटाउने समाचार

काठमाडौँ – पूर्व राजा ज्ञानेन्द्र शाह र भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुखबीच भेटवार्ता भएको भन्दै आएको समाचारको शाहको सचिवालयले खण्डन गरेको छ।

पूर्व राजा ज्ञानेन्द्र शाहको सचिवालयले एक विज्ञप्ति जारी गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखलाई नभेटेको दावी गरेको हो।

“श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट मध्यरातमा भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखलाई भेटेको भन्ने केही अनलाईन पत्रिकाहरूमा छापिएका खबर पूर्णतया झूठो भएको जानकारी गराउन चाहन्छु ।”,पूर्व राजा शाहका सचिव डा. फणिराज पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

डिजिटल मिडियाहरुमा आएको समाचार गलत रहेको हुँदा सचिवालयले भ्रममा नपर्न सम्पूर्णलाई विज्ञप्ति मार्फत शाह सचिवालयले आग्रह गरेको छ।

यस्तै कपोलकल्पित समाचार सम्प्रेषण नगर्न सचिवालयले आग्रह गर्दै विज्ञप्तिमा भनिएको छ,”यस्ता कपोलकल्पित, मनगढन्ते र राष्ट्रको गरिमा घटाउने समाचारहरूले नेपाल र नेपालीको गर्व र सम्मानमा ठेस लाग्ने भएकोले यस्ता समाचार सम्प्रेषण गरेर पत्रकारिताको धर्म र समाजप्रतिको दायित्व नबिर्सन अनुरोध गर्दछु।”

प्रकाशित : शुक्रबार, साउन १०, २०७६०५:४७

बसले ७ वर्षीय बालकसहित ४ जनालाई एकसाथ ठक्कर दिएपछि …