काठमाडौँ : प्राय: छाला तथा सौन्दर्य विशेषज्ञ रातमा सुत्नु अघि मेकअप पखाल्न, धुन या उतार्न सुझाव दिन्छन्। अन्यथा मेकअपका सामानहरुमा मिसिएका रसायनले तपाईको सुन्दरतामा ग्रहण पार्न सक्छ। खासगरी आँखाको शृंगार गर्दा त बिल्कुलै कुनै सम्झौता गर्नुहुन्न। यदि आँखामा मेकअप गर्दा सावधानी अपनाईएन भने तपाईको आँखाको ज्योति पनि जान सक्छ।
आँखामा शृंगार गर्दा सामान्य होशियारी समेत नअपनाउँदा अस्ट्रेलियाको सिड्नी शहरकी थेरेसा लिन्चले झन्डै आँखाको ज्योति गुमाएकी थिईन्। ५० वर्षीय थेरेसा विगत २५ वर्ष देखि आँखामा लगाएको मस्कारा नधोई सुत्थिन्।
अचानक उनलाई एक दिन आँखामा असाध्यै पीडा र जलन भयो। उनलाई आफ्नो आँखाको नानीमा केही असहज लाग्यो। र आँखाको ज्योति पनि धमिलिँदै गएको अनुभव गरिन्। त्यसपछि उनी ढिला नगरिकन डाक्टरकहाँ गईन्। डाक्टरले उनको आँखाको जाँच गर्दा डाक्टर नै तीन छक्क परे। डाक्टरले आफूले २० वर्षे लामो करियरमा कहिल्यै यस्तो नदेखेको दाबी गरे।
उनको आँखामा हरेक दिन मस्कारा लगाएर नधोईकन सुतेको कारण काला-काला धब्बा बस्न सुरु गरेका थिए। यदि उनी समयमै डाक्टरकहाँ नगएकी भए उनले आफ्नो आँखाको ज्योति गुमाउन पनि सक्थिन्। डाक्टरले ९० मिनेटमा उनको आँखाको सफल उपचार गरे। एजेन्सी