बाटो काट्दै गरेका पैदलयात्रीलाई काठमाडौँमा बसले ठक्कर दियो, सिभिल अस्पतालमा मृत्यु !

सांकेतिक तस्विर

काठमाडौँ – शनिबार बिहानै बसले ठक्कर दिँदा काठमाडौँमा एक पैदल यात्रुको मृत्यु भएको छ।

बाटो काट्दै गरेका एक पैदल यात्रुलाई काठमाडौको कोटेश्वरमा ठक्कर दिएको दिँदा एक जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार शनिबार बिहान बा ४ ख ३२ ५८ नम्बरको बसले पैदल यात्रीलाई ठक्कर दिएको हो।

ठक्कर पछि घाइते भएका पैदलयात्रीलाई सिभिल अस्पताल मिनभवन पुर्याएपनि उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। ठक्कर पछि ज्यान जाने व्यक्तिको परिचय भने खुल्न सकेको छैन।

ठक्कर दिने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिसकेको छ।

प्रकाशित : शनिबार, साउन ११, २०७६०६:२५

हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्न मंसिरसम्मको “अल्टिमेटम”