विवाह नगर्दै गर्भवती भएका यी २ बलिउड नायिकाले केहि महिनामानै जन्माउँदै छन् बच्चा !

एजेन्सी- प्राय बलिउड नायिकाहरु आफू गर्भवती भएको कुरा लुकाउन खोज्छन्। मिडियाहरुमा गर्भवती भएको समाचार आउने बितिकै नायिकाहरु त्यसलाई झुठो प्रमाणित गर्न कस्सिन्छ्न्।

तर बलिउडमा आफू गर्भवती भएको बारे नहिच्किचाई समयमै खुलासा गर्ने नायिकाहरु पनि छन्। भारतीय मिडियाहरुमा अनुसार अहिले २ बलिउड नायिका गर्भवती छ।

संयोगले हाल गर्भवती रहेका यी दुवै नायिकाहरुको विवाह भने भैसकको छैन। विवाह नगरेपनि अहिले गर्भवती भएका बलिउड नायिकाहरु निम्न छन्।

ब्रूना अब्दुल्लाह

ब्रूनाले गत वर्षको जुलाईमा प्रेमी एलान फ्रेजरसँग इन्गेजमेन्ट गरेकी थिइन्। विवाह नगरी ब्रूना इन्गेजमेन्टपछि १ वर्ष सम्म प्रेमीसँगै बसिन्।

विवाह नगर्दै गर्भवती भएकी ब्रूनाले केहि समय अगाडी मात्रै आफू गर्भवती भएको खुलासा गरेकी थिइन्। अन्तराष्ट्रिय मदर्स डेको अघिल्लो दिन ब्रूनाले आफू गर्भवती भएको खुलासा गरेकी हुन्।

गर्भवती भएको खुलासा गरेपछि मात्रै यी दुईले विवाह गरेका थिए। यहि जुलाईमा यी दुईले गुपचुप विवाह गरेका हुन्। मिडिया रिपोर्टका अनुसार ब्रूना अहिले ८ महिनाको गर्भवती छिन्। यस हिसाबले ब्रूनाले केहि महिना भित्रै सन्तान जन्माउँदैछिन्।

एमी ज्याक्सन

एमीको पनि प्रेमीसँग इन्गेजमेन्ट भएको छ तर, विवाह भने भएको छैन। एमी ५ वर्ष देखि जर्जसँग सम्बन्धमा छिन्। यी दुईको सन् २०१९ को सुरुवातमा मात्रै इन्गेजमेन्ट गरेका थिए।

हाल यी दुई लिभइन रिलेशनमा रहेको बताउने गरिन्छ। विवाह गर्ने टुंगो नभएता पनि एमी गर्भवती भैसकिन्। आफू गर्भवती भएको बारे एमीले ब्रूना भन्दा अगाडी आफै खुलासा गरेकी थिइन्।

सामाजिक संजालमा समेत सक्रिय रहेकी एमी प्रयास गर्भावस्थाका तस्विरहरु सार्वजनिक गरिरहन्छिन्।

प्रकाशित : शनिबार, साउन ११, २०७६१३:३९

निताको ‘माया’ मा कोशिश !