अर्कै महिलासँग सुतेको थाहा पाएपछि श्रीमतीले उठाइन् भयानक कदम, श्रीमानको पुरुषत्व नै रहेन !

एजेन्सी – ताइवानमा एक महिलाले विश्वासै गर्न नसकिने घटना घटाएकी छन्। ताइवानको हुकोउ शहरमा एक महिलाले पूर्वपतिको जननेन्द्रिय र अण्डकोषनै काटेर फ्याँकेकी हुन्।

विभिन्न अन्तराष्ट्रिय संचार माध्यमहरुमा सम्प्रेषित समाचार अनुसार हुकोउमा ५८ वर्षीय श्रीमती लि ले पूर्वपति चेनको जननेन्द्रिय र अण्डकोष पूरै काटेर फ्याँकेकी हुन्।

श्रीमती लि र चेन बीच एक महिना अगाडी मात्रै सम्बन्ध विच्छेद भएको बताइएको छ। विगत २ वर्ष देखि बेरोजगार रहँदै आएका चेनको अन्य महिलाहरुसंग सम्बन्ध रहेको थाहा हुन आएपछि श्रीमती लिले गत महिना मात्रै सम्बन्ध विच्छेद गरेको मिडियाहरुले बताएका छन्।

श्रीमती लिले धारिलो कैंची प्रयोग गरेर जननेन्द्रिय र अण्डकोष काटी एसिडमा हालेर शौचालयमा बगाइदिएको स्थानीय मिडियाहरुले दावी गरेका छन्।

पूर्व श्रीमतीले आफूलाई फकाएर “सहवास” को लागि बोलाई निजी अंग काटेको भन्दै शौचालयमा लुकेर चेनको प्रहरीमा खबर गरेपछि उनको उद्धार गरिएको स्थानीय संचार माध्यमहरुले जनाएका छन्।

“घटना बुधबार राति लगभग ९ बजे आसपासको समयमा भएको रहेछ। घटना पछि अन्य आक्रमण समेत हुन सक्ने हुँदा शौचालय भित्र लुकेर बसेका चेनले फोन गरेर हामीलाई जानकारी गराए।”,स्थानीय प्रहरी अधिकारी काओ-काई-लोंग भन्छन्,” हामी उक्त दम्पति पहिला देखि रहँदै आएको घर पुगेर चेनलाई उद्धार गरि अस्पताल पुर्यायौं।”

हिरासतमा हुँदा ती महिलाले आफूलाई काम नलाग्ने चीज अरुलाई किन काम लागोस् भन्दै बयान दिएको काओ-काई-लोंगले बताएका छन्।

प्रकाशित : शनिबार, साउन ११, २०७६१२:००

अर्कै ग्रहबाट आएका जस्तै देखिन्छन् अजिव र डरलाग्दा यी ५ जीवहरु !