फिल्म ‘शोले’ का गब्बर सिंह उर्फ अमजद खानको आज पुन्यतिथि हो । एक महान स्टार तथा खलनायक अमजद खान २७ जुलाई १९९२ सालमा हर्ट फेल भएर बितेका थिए । त्यस समय अमजद खान ५२ वर्षक थिए । उनले धेरै फिल्म सुटिंग गरेका थिए। केहि फिल्म त उनको मृत्युपछि रिलिज भयो ।
१२ नोवेम्वर १९४० मा पेशावर, पाकिस्तानमा जन्मिएका अमजद खानलाई पहिलोपटक गब्बरको रोल मन परेको थिएन। सबैभन्दा पहिला अभिनेता डेनीलाई गब्बर रोलको लागि अफर गरिएको थियो। तर डेनीले अफगानिस्तानमा फिरोज खानको फिल्म धर्मात्माको शूटिंगमा व्यस्त थिए। यसपछि यो रोल अमजद खानलाई मिलेको थियो । सलीम खानले जावेद अख्तरलाई अमजद खानको नाम सुनाएका थिए। जावेद अख्तरले अमजद खानलाई धेरै वर्ष पहिले दिल्लीमा नाताक गर्दै गर्दा देखेका थिए ।
उनि चाइल्ड एक्टरको रुपमा १९५१ मा आएको फिल्म ‘नाजनीन’ र १७ वर्षको उमेरमा ‘अब दिल्ली दूर नहीं’ मा देखिएका थिए । बलिउडमा खुंखार भिलेनको छवी राखेका अभिनेता अमजद यदी जीवित भएका भए ७७ वर्षका हुन्थे । उनलाई त्यस समय सबैले डाकु समेत भन्थे । फिल्म शोलेमा गब्बरको भूमिकाले उनलाई संसारभर चिनायो र यो भूमिका सधैको लागि अमर रह्यो। अमजद खाले १९७३ मा हिन्दुस्तानको ‘कसम’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए। तर उनलाई १९७५ मा आएको शोले फिल्मबाट पहिचान मिलेको थियो।