मन्त्रीका निजी सचिवले अटेर गरेपछि मेयरको आँखामा आँसु

ईश्वरराज ढकाल, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलको कर्मचारीतर्फको सचिवालयका निजी सचिव उपसचिव पुष्पराज ढकाल अहिलेसम्म समायोजित स्थानीय निकायमा हाजिर हुनुभएको छैन ।

पोखरेल मन्त्री भएपछि पाठ्यक्रम विकास केन्द्रबाट काजमा मन्त्रालय आउनुभएका ढकाललाई प्रदेश नम्बर–२ धनुषाको नगराइन नगरपालिकाको शिक्षा शाखामा समायोजन गरिएको थियो । तर प्रदेश सरकार मातहतमा रहेको स्थानीय निकायमा समायोजन भएको कर्मचारीलाई संघीय सरकारले सरुवा गर्न नमिल्ने भए पनि उपसचिव ढकालले उक्त नगरपालिकाबाट आफू सरुवा प्रकृयामा रहेको दावी गर्दै त्यहाँ जान इन्कार गर्नुभएको समाचार स्रोतको भनाइ छ । यो समाचार नेपाल समाचारपत्र राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ। समाचार ईश्वरराज ढकालले लेखेका हुन्।

उपसचिव ढकाल काममा नगएकाले उक्त नगरपालिकाले नगराइन माविका प्रधानाध्यापक देवेन्द्रकुमार कर्णलाई शिक्षा शाखा हेर्ने जिम्मेवारी दिएको छ, जवकि शिक्षकलाई नगरपालिकाको कुनै पदीय जिम्मेवारी दिन मिल्दैन । मेयर प्रमेश्वर यादवले अटेर उपसचिवको कारण नगरपालिकाको शिक्षाको सम्पूर्ण काम लथालिङ्ग भएको बताउँदै भन्नुभयो–ढकालजीको नाम सुनेको छु, तर कहाँ हुनुहुन्छ थाहा छैन । उहाँलाई काममा पठाइदिन मन्त्रालयका सचिवलाई भनेका छौँ, हालसम्म केही जवाफ पाएका छैनौँ ।’ सो नगरपालिकामा शिक्षा विभागका एक जना पनि कर्मचारी छैनन् । उपसचिव ढकाल कार्यालयमा नआए कानुनी उपचारमा जाने तयारी नगरपालिकाले गरेको छ । तर उपसचिव ढकालले भन्नुभयो–प्रकृया मिलाउँदैछौँ, अहिले तत्काल जाने अवस्था छैन ।’

प्रकाशित : आइतबार, साउन १२, २०७६०१:५७

नेटवर्किङ व्यवसायले घर न घाट : एक वर्षमै करोडपति बनाउने लोभ देखाउँदै ७ करोडभन्दा बढी ठगी