आगजनी बाट वडा कार्यालय जलेर ध्वस्त !

सांकेतिक तस्बिर

काठमाडौँ : शनिबार राति अज्ञात समूहले डोटीको शिखर नगरपालिका वडा नम्बर ७ लाटामाडौंको वडा कार्यालयमा आगजनी गरेको छ।

राति करिब १२ बजेको समयमा आएका अज्ञात व्यक्तिले आगजनी गर्दा कार्यालय पूर्ण रुपमा ध्वस्त भएको हो।

आगोलागीको सूचना पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीको टोलिले आइतबार बिहान मात्रै आगो नियन्त्रणमा लिएको बताइएको छ।

आगोलागीबाट कार्यालयमा रहेका सम्पूर्ण कागजात, फर्निचर जलेर नष्ट भएको दिपायल इलाका प्रहरी कार्यालयका प्रमुख एवम् सई कमलापती पन्तले जानकारी दिए।

उनका अनुसार आगजनी कसले र किन गर्यो भन्नेबारे अनुसन्धान अघि बढाइएको छ।

प्रकाशित : आइतबार, साउन १२, २०७६०५:०९

लोकसेवा आयोग भनसुन उद्योग बन्दै, जसको भनसुन हुन्छ, उसको चल्छ – देउवा