दोस्रो भएको भन्दै दिइएको पदक नेपालले फिर्ता गर्नु परेपछि…

सिंगापुर – आईसीसी टि-२० विश्वकप २०२० एसिया क्षेत्र छनोटअन्तर्गत अन्तिम खेलमा सिंगापुरसँग पराजित भएपछि नेपाल प्रतियोगिताको तेस्रो स्थानमा झरेको छ । समान दुई जित दर्ता गरेको कतारभन्दा रनरेटमा पछाडी परेपछि नेपाल तेस्रो स्थानमा पुगेको हो ।

अन्तिम खेलमा नेपाल र सिंगापुरबीच विजयी हुने टोली विश्वकपको ग्लोबल छनोटमा पुग्ने समीकरण रहेको थियो । अघोषित रुपमा फाइनलजस्तो बनेको यस खेलमा नेपाल ८१ रनले पराजित भएपछि रनरेटका आधारमा कतारभन्दा पछाडी रहन पुग्यो । आयोजक सिंगापुर क्रिकेट संघले पनि नेपाल नै दोस्रो भएको ठान्दै दिएको पदक नेपाली टोलीले फिर्ता गरेको हो ।

समापन समारोहमा नेपाललाई उपविजेता घोषणा गरेपछि कतारका व्यवस्थापकले विरोध गरेका थिए । सिंगापुरलाई जस्तै नेपाली टोलीलाई भने यसबारे जानकारी थिएन । पछि नेपाली टोली आफैंले पदक फिर्ता गरेको थियो । नेपाली टोलीका व्यवस्थापक रमण शिवाकोटीले संघका प्रमुख कार्यकारी अधिकृत साद खानलाई पदक हस्तान्तरण गरे ।

घरेलु टोली सिंगापुर ४ खेलमा ३ मा जित सहित शीर्ष स्थानमा रहेर च्याम्पियन बनेको हो । एक खेल वर्षाको कारण रद्द भएको थियो । कतारले ४ खेलमा समान २ मा हार र जितका साथ ४ अंक जाड्दै दोस्रो बन्यो । नेपालले पनि ४ खेलमा समान २ मा जित र हारका साथ समान ४ अंक जोडेपनि नेट रन रेटमा पछि पर्दै तेस्रो बन्न पुग्यो । कुवेत चौथो र मलेसिया पाँचौ स्थानमा रहे ।

नेपालले पहिलो खेल कतारसँग ४ विकेटले हारेको थियो । मलेसिया र कुवेतलाई ७ विकेटले पराजित गरेपनि अन्तिम खेलमा सिंगापुरसँग पराजित हुँदा नेपाल एसिया छनोटबाटै बाहिरिनु परेको हो ।

प्रकाशित : आइतबार, साउन १२, २०७६०६:०२

१२ वर्षीया आकृति बनिन अन्तर्राष्ट्रिय ब्ल्याक बेल्ट पाउने कान्छी खेलाडी