काठमाडौँ : अष्ट्रेलियामा कार दुर्घटनामा परि दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ ।
अष्ट्रेलियाको कुमामा आईतबार कार अनियन्त्रित हुँदा सिड्नीमा अध्ययनरत नेपाली विद्यार्थीको ज्यान गएको हो ।
करिब १५ जना विद्यार्थी ३ वटा कारमा बिदा मनाउन जाने क्रममा सडकमा गुडिरहेको कारको अगाडि अकस्मात आएको कँगारुलाई बचाउने क्रममा अनियन्त्रित भएको नेपाली दूतावास अष्ट्रेलियाका कार्यावाहक राजदूत दुर्पदा सापकोटाले जानकारी दिए ।
उनका अनुसार अन्य ३ जना घाइते भएका छन् । घाइते हुनेमा कार चालक २२ वर्षीय पुरुष र अन्य दुई जना रहेका छन् । उनीहरु लाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।