अचम्मित बनाउने विश्वका यी अन्तिम संस्कारका तरिका : यहाँ त शव टुक्रा-टुक्रा पारेर गिद्दलाई खुवाइन्छ !

एजेन्सी – जन्म र मृत्यु दुवै प्राकृतिक नियम हुन्। जन्म भएपछी मरण निश्चित भएको कुरा त सर्वविधितै छ। यस धर्तीमा जन्मिएपछि ढिलो-चाडो सबै जनाको मृत्यु पक्कानै हो।

सस्कृति अनुसार मृत्यु पछि अन्तिम संस्कार गर्ने चलन हरेक ठाउँमा फरक हुन्छ। हिन्दू संस्कृतिमा मृत्यु पछि शवलाई जलाउने चलन रहेको छ भने मुस्लिम र क्रिस्चियन संस्कृतिमा भने शवलाई जमिनमा गाड्ने चलन रहेको छ।

यी त केहि अन्तिम संस्कारका केहि प्रतिनिधि तरिका हुन्। यस बाहेक अन्य धेरै अन्तिम संस्कारका तरिका पनि छन्। विश्वमा रहेका केहि अजिव अन्तिम संस्कारका प्रचलनहरु निम्न छन्।

चीन र फिलीपीन्सका कयौं ठाउँमा मृत शरीरलाई काठको बाक्सामा राखेर अग्ला चट्टानमा झुन्ड्याउने चलन छन्। यस प्रचलनहरु मान्नेहरु यसो गर्दा मृत आत्मा सिधै स्वर्ग पुग्ने विश्वास गर्छन्।

इन्डोनेशियाको बालीमा मृत शरीरलाई पनि जीवित मान्ने चलन छ। मृत्यु पछि मानव शरीर मर्ने नभई निदाउने यहाँका मानिसहरुको विश्वास छ। मृत्यु पछि रुन पनि नहुने यहाँ प्रचलन छ।

दक्षिणी मेक्सिको मायनमा मृत शरीरलाई घरमै गाड्ने चलन रहेको छ। यसो गर्दा मृत्यु पछि पनि आफ्नाहरु नजिक हुने र सम्बन्ध रहिरहने उनीहरुको विश्वास छ।

भियतनामका धेरै स्थानहरूमा एक व्यक्तिको मृत्यु पछि नग्न पारिएको शवलाई मृतकका जेठ छोरा अथवा छोरीले उठाएर आत्मालाई पुकार्ने चलन छ। मृतकको शरीरमा पुन : आत्मा प्रवेश गरोस् भन्नको लागि यसो गरिन्छ।

तिब्बतमा रहने बौद्ध समुदायमा मृत्यु पछि शवलाई टुक्रा-टुक्रा पारेर गिद्दलाई खुवाउने चलन छ। यस चलन हजारौं वर्ष देखि यस क्षेत्रमा प्रचलनमा छ। यसो गर्नाले आत्मा छिटो र सजिलै स्वर्ग पुग्ने विश्वास गरिन्छ।

प्रकाशित : आइतबार, साउन १२, २०७६१०:१९

यी हुन् विश्वका सबै भन्दा कन्जुस् अरबपतिहरु, अनौठा किस्सा सुनेर पर्नु हुनेछ तपाई आश्चर्यचकित !