यी हुन् विश्वका सबै भन्दा कन्जुस् अरबपतिहरु, अनौठा किस्सा सुनेर पर्नु हुनेछ तपाई आश्चर्यचकित !

जब मानिससँग पैसा हुन्छ उसको जिउने तरिका पनि अलिक भिन्दै खालको हुन्छ। महँगा महँगा गाडीहरु र ब्रान्डेड कपडा धनीमानीको पहिचान नै हो।

तर आज हामीसँग यस्ता धनाड्य व्यक्तिहरुको बारेमा बताउन गैरहेका छौँ, जो आफ्नो कन्जुसी व्यवहारको कारण चर्चित छन्। भनिन्छ नि मानिस जतिसुकै धनि किन नहोस्  उसले आफ्नो कन्जुसी व्यवहार कतै न कतै देखिई हाल्छ। आज हामीले यस्ता धनि व्यक्तिहरुको बारेमा जानकारी दिंदै छौं, जसले फजुल खर्च आफ्नो गोजीबाट एक रुपैयाँ पनि निकाल्दैनथे।

को को हुन् ति महाकन्जुस् अरबपति:

1. १.इंग्वार कैम्पमर्ड :
इंग्‍वार चर्चित अन्तराष्ट्रिय कम्पनी आईकियाका मालिक हुन् । उनीसँग करीब ६ अरब डलर भन्दा बढी सम्पति रहेको छ।  तर उनी निकै कन्जुस व्यक्ति हुन्।  जसले कहिल्यै पनि आफ्नो ,लागि ड्राइवर समेत राखेनन्। उनले गाडी पनि सेकेण्ड ह्यान्ड पुरानो कार चलाउने गर्छन। यति सम्म की, उनि प्लेनमा सफर गर्दा समेत इकोनोमी क्लासको टिकटमा यात्रा गर्ने गर्छन्।

२.गैरी हार्वी :
अस्‍ट्रेलियाका चर्चित ब्यापारी गैरी हार्वीसँग ८७ करोड डलर बराबरको सम्पति रहेको छ। पोडियम देखि नोटप्याड चोर्ने र जुत्ता खरिद गर्न समेत दुई महिना लगाउने जस्ता कन्जुस्याईबाट उनी निकै चर्चित छन्।

३.वरेन बफे :
दुनियाकै चौथो सबै भन्दा धनि व्यक्ति  चौथे वरेन वफे चर्चित इनभेस्‍टर्स हुन् । उनकेनीसँग कुल ६० अरब डलर स्दम्पति गहेको छ। उनी सधैँ सादा खाना खान रुचाउने व्यक्ति हुन्। त्यसैगरी उनी सेकेन्ड ह्यान्ड कार खरिद गर्न रुचाउने गर्छन्। वरेन जति कन्जुस छन् त्यतिनै दाङ दिने काम पनि अगाडि रहेका छन्।

. ४. जोन कैडवेल :
ब्रिटेनका चर्चित बिजनेसम्यान जोन कैडवेल आज पनि अफिस जाँदा साइकलमा जाने गर्छन्।  यसबाहेक उनी आफ्नै आफ्नो कपाल काट्ने गर्छन्। उनले यति सम्म गर्छन् की कपडा किन्नको लागि जब सेल लाग्छ तब मात्र जान्छन्।


५. जे. पल गेटी :
जीन पल गेटी अमेरिकाका ब्यापारी हुन् ,पल अहिले यस दुनियाँमा छैनन्। तर उनका कन्जुसी किस्सा अहिले पनि चर्चित नै छन्। एक पटक उनले आफ्नो नाति अपहरण परेका बेला समेत अपहरणकरीलाई एक पैसा समेत साफ इन्कार गरेका थिए।

यति मात्र हैन उनको घरमा एउटा मात्र टेलिफोन थियो र उनका अलावा घरका कोहि पनि सदस्‍य या उनका साथीहरुले उक्त फोनबाट कसैलाई टेलिफोन गर्दा उनले पैसा लिने गर्थे। जे. पल गेटी अरबपति भएर पनि यति सम्मका कन्जुस थिए।

प्रकाशित : आइतबार, साउन १२, २०७६१०:२१

सेल्फी क्रेज: जहाँ, जहिले र जसरी पनि सेल्फी लिने भुत सवार भएपछि…[हाँसो लाग्ने तस्विर]