यी तीन राशी भएका युवतीहरुसँग पुरुषहरु पहिलो भेटमै हुन्छन् फिदा !

हिन्दु धर्ममा विश्वास गर्ने हर जो कोही व्यक्तिले राशीलाई विश्वास गर्ने गर्छन् । व्यक्तिको जन्म मिति बार नाम अनुसार राशी पनि फरक फरक हुने गर्छ भने राशी अनुसार व्यक्रिको स्वभाव र चरित्र पनि भिन्न भिन्न हुने गर्छ । त्यस्तै आज हामी तपाईहरुलाई केही यस्ता राशीको बारेमा बताउन गइरहेका छौँ । जुन राशी भएका युवतीहरुको पहिलो नजरमा नै पुरुषहरु फिदा हुने गर्छन् ।

वृष राशि : यो राशी भएका युवतीहरु निकै आकर्षक हुने गर्छन् । वृष राशी भएका युवतीसँगको पहिलो भेटमा नै पुरुषहरु फिदा हुने गर्छन् । आफुले गरेका हरेक काममा सजिलै सफलता पाउने भएकाले ती राशी हुनेहरु सहजै लक्ष्य हाँसिल गर्ने गर्छन् । सौन्दर्य एवंम् कलाप्रेमी भएको कारण उनीहरुको अन्य व्यक्तिलाई सजिलै लोभ्याउन सक्छन् ।

मिथुन राशि  : झट्ट हेर्दा सुन्दर र आर्कषक देखिने यस राशीका युवतीहरुको स्वभावको कारण जो कोही पुरुषहरु आकर्षित हुने गर्छन् । उनीहरुको धेरैजसो साथी पनि पुरुष नै हुन्छन् । उनीहरुमा एक अर्काको मनको कुरा बुझ्ने अलौकिक क्षमता रहेको हुन्छ । उनीहरुमा बहुमुखी प्रतिभाको धनि रहेका हुन्छन् । दिमाग लगाएर काम गर्ने यो राशीमा युवतीहरु बुद्धिलगाएर गर्ने हरेक काममा सफल हुन्छन् ।

वृश्चिक राशि : यस राशी भएका युवतीहरु व्यवहार स्वभाव र चालचलनमा निकै आकर्षक रहेका छन् । उनीहरुमा अर्काको मनको कुरा थाहा पाउन सक्ने क्षमता रहेको छ । हेर्दा खासै सुन्दर नभएपनि एक प्रकारको चुम्बकीय शक्ति भएको कारण उनीहरुले पुरुषहरुलाई सजिलै आकर्षण गर्न सक्छन् । आफ्नै प्रकारको विशेष शैली भएका ती युवतीहरु बहादुर भएपनि भावुक हुने गर्छन् । उनीहरुको दिमाग तिक्ष्ण हुन्छ । जबकी अरु कसैलाई पनि बेवकुफ बनाउन सक्दैनन् ।

प्रकाशित : आइतबार, साउन १२, २०७६१०:४७

यी ४ राशिका हुन्छन् सबै भन्दा धेरै दुश्मन ! कतै तपाई पो पर्नुभयो की ?