यदि यस्तो नभएको भए अक्षय खन्नाको दुलही बन्थिन् करिश्मा कपूर…

एजेन्सी – अभिनेता अक्षय खन्ना आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकारहरु मध्ये एक हुन्। बलिउड दिग्गज कलाकार विनोद खन्नाका छोरा भएता पनि उनी आफ्नै नामले परिचित छन्।

विनोद खन्नाका छोरा भन्ने पहिचान त उनको छंदै छ, तर पनि उनी आफ्नै नामबाट बढी प्रख्यात छन्। नायकको रुपमा खासै सफल नरहेपनि अक्षय एक सफल कलाकार भने पक्कै हुन्।

विभिन्न भूमिकामा देखा पर्दै आएका अक्षयलाई केहि चलचित्रमा सफलता मिलेको छ भने केहिमा असफलता। तर पनि उनको नाम बलिउडमा हिट नायक भन्दा कम छैन।

तर अचम्म लाग्ने कुरा छ भने, अझै पनि उनले विवाह गरेका छैनन्। यति मात्र नभई उनको नाम पनि कमै मात्रामा अन्य युवतीहरुसंग जोडिने गरेको छ। अक्षयको अफेयर बारे न मिडियामा चर्चा हुन्छ न त उनी आफै गर्छन्।

करिश्मा कपूरसँग अक्षय खन्नाको विवाह बारे चर्चा

कुनै एक समयमा अक्षय खन्ना र करिश्माको विवाह हुने भनेर ठूलै हल्ला भएको थियो। खासमा करिश्मामा पिता रणधीर कपूर यी दुईको विवाह होस् भन्ने चाहन्थे।

यी दुईको विवाह बारे रणधीरले विनोद खन्नालाई प्रस्ताव पनि राखेका थिए। तर करिश्माकी आमा बबीताले यस विवाह रोकेकी थिइन्। करियर पिकमा हुँदा छोरीले विवाह गर्न नहुने उनको चाहना थियो।

बबीताले विवाह गर्न नदिने भएपछि अक्षय र करिश्माको विवाह बारे हल्ला सेलाएको थियो।

प्रकाशित : आइतबार, साउन १२, २०७६१०:५४

कसो सकिएन चुरीफुरी : कपाल झरेर ‘तक्लु’ भएका बलिउड नायकहरु यी हुन्…