कसो सकिएन चुरीफुरी : कपाल झरेर ‘तक्लु’ भएका बलिउड नायकहरु यी हुन्…

एजेन्सी- उमेर ढल्किंदै गर्दा कपाल झर्ने समस्यले धेरै पुरुषहरुलाई सताउने गर्छ। तर केहि पुरुषको भने विभिन्न स्वास्थ्य समस्याको कारण जवान उमेरमै पनि कपाल झर्ने गर्छ।

‘तक्लु’ हुँदा पुरुषहरुलाई मनोवैज्ञानिक रुपमा धेरै अफ्ठ्यारो हुन हुने अनुसन्धानकर्ताहरुको बुझाइ छ। कपाल झरेर ‘तक्लु’ हुनेमा सामान्य व्यक्ति मात्र नभई बलिउड अभिनेताहरु पनि रहेका छन्। कपाल झर्दै गएपछि नायकहरु नक्कली कपाल प्रयोग गर्ने गर्छन्। यस्तै वास्तविक जीवनमा विस्तारै ‘तक्लु’ भएका बलिउड नायकको बारेमा चर्चा गर्नेछौं।

रजनीकान्त

दक्षिण भारतीय चलचित्र क्षेत्र र बलिउडमा राज गर्न सफल भएका रजनीकान्त चलचित्रमा देखिंदा धेरै जवान देख्ने गर्छन्। प्राय एक्सन चलचित्रमा देखा पर्ने रजनीकान्त वास्तविक जीवनमा ‘तक्लु’ रहेका छन्। उमेर धेरै भएर पनि होला कपाल झरेको कारण उनी ‘तक्लु’ भैसकेका छन्। चलचित्रमा देखा पर्दा उनी नकल्ली कपालको प्रयोग गर्ने गर्छन् ।

अक्षय कुमार

बलिउडमा “खिलाडी” नामले चर्चित रहेका अक्षय कुमारको उमेर बिस्तारै ढल्किँदै गएको छ। धेरै समय देखि बलिउडमा सक्रिय रहेका अक्षय कुमारको कपाल बिस्तारै झर्दै गएको छ। अहिले उनी चलचित्रको लागि नकल्ली कपाल प्रयोग गर्ने गर्छन्। बिस्तारै अक्षय कुमार पूर्णरुपले ‘तक्लु’ हुन सक्ने आकलन गर्न सकिन्छ।

सलमान खान

बलिउडमा सलमान खानलाई धेरै ठूलो महत्व मिल्ने गरेको छ। पछिल्लो समय सबै भन्दा चर्चित नायकको रुपमा सलमान खान प्रख्यात रहेका छन्। बिस्तारै कपाल झर्दै गएपछि सलमान पनि ‘तक्लु’ बन्ने सम्भावना रहेको थियो। ‘तक्लु’ हुने डरलेनै सलमानले हेयर ट्रीटमेन्ट गराएका थिए।

अमिताभ बच्चन

अमिताभ बच्चन उमेरले मात्र नभई अनुभवमा पनि बलिउडमा धेरै पूराना अभिनेता रहेका छन्। उनको पनि कपाल झरेर ‘तक्लु’ हुने अवस्था भैसकेको थियो। तर अमिताभले समयमै कपाल ट्रान्सप्लान्ट गराएका थिए। जसको कारण यस उमेर सम्म पनि उनी जवान देखिने गर्छन् ।

प्रकाशित : आइतबार, साउन १२, २०७६१०:५५

यी हुन् पाकिस्तानले भारतलाई दिएका यी चर्चित ५ बलीउड अभिनेताहरु !