चितवन – माडी नगरपालिका–५ मा एक बालक मृत भेटिएका छन् । स्थानीय सोमेश्वर सामुदायिक वनको क्रिया खोलामा १३ वर्षीय सुदिप दराईको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
माडी–५ राधापुरका दराई शनिबार साँझदेखि हराइरहेका थिए । उनको शव परीक्षणका लागि भरतपुर अस्पताल लगिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।
अर्को समाचार
करेन्ट लागेर मृत्यु
सिन्धुली –
सिन्धुलीमा करेन्ट लाग्दा आज एक महिलाको मृत्यु भएको छ । यहाँको दूधौली नगरपालिका–८ चितुवाखडि निवासी ३५ वर्षीया मेनुका खड्काको करेन्ट लाग्दा मृत्यु भएको हो ।
घरमा रहेको बिजुली वाईरिङको तार मुसाले खाइ छानामा विद्युत् प्रवाह भई करेन्ट लागेको बताइएको छ ।
घरको जस्ताको छानामाथि नाङलामा सुकाइएको दाल झिक्ने क्रममा करेन्ट लाग्दा मेनुकाको घटनस्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।
घटनाको विस्तृत विवरण बुझन् घटनास्थलतर्फ प्रहरीको टोली पठाइएको उहाँले जानकारी दिनुभयो ।