ल्हासा नगरसँग भगिनी सम्बन्ध विस्तार गर्न काठमाडौँ महानगरका मेयर चीन हानिए…

काठमाडौँ महानगरपालिकाका प्रमुख(मेयर) विद्यासुन्दर शाक्य चीन प्रस्थान गरेका छन् । ल्हासा नगरसँग भगिनी सम्बन्ध विस्तार गर्नका लागि शाक्य त्यसतर्फ प्रस्थान गरेको र यही साउन २१ गते स्वदेश फर्कनेछन् ।

प्रमुख शाक्यसँग वडा न–ं १ का अध्यक्ष भरतलाल श्रेष्ठ, वडा नं २८ का अध्यक्ष भाइराम खड्गी, कार्यपालिका सदस्य हीरादेवी पोख्रेल, रश्मी खड्का, प्रशासन महाशाखा प्रमुख गणेशप्रसाद थपलिया, अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका यम बसेलसहित सहभागी रहेका महानगरले जनाएको छ ।

प्रमुख शाक्यले दुई नगरबीचको वाणिज्य सम्बन्ध, पर्यटन, शिक्षा तथा संस्कृति आदानप्रदान गर्ने विषय भेटका मुख्य उद्देश्य भएका बताए । उनले भने, “नगर–नगरबीचको सम्बन्धलाई जनस्तरमा पुर्याउने कार्यक्रमलाई पनि छलफलका क्रममा प्राथमिकतामा राखिनेछ ।”

चीनमा रहँदा टोलीले उच्चस्तरीय भेटघाटसँगै तिब्बत्को पोटाला दरबार, जोखाङ् मन्दिर, सेरा मोनाष्ट्री, चार हजार ७१८ मिटर उचाइमा रहेको स्थानीय पर्यटकीय गन्तव्य नाम्को ताललगायतका स्थानमा भ्रमण गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

प्रमुख शाक्यले आफू चीनमा रहँदा कार्यबाहक प्रमुखको जिम्मेवारी उपप्रमुख हरिप्रभा खड्गीलाई दिएका छन् ।

प्रकाशित : आइतबार, साउन १२, २०७६१३:२९

“ठूला योजनामा सित्तैमा सुरक्षाकर्मी उपलब्ध गराउने की सुरक्षा कर लगाउने ?”