एजेन्सी , गायक तथा संगीतकार उदित नारायण झा माथि पछिल्लो समय ज्यान लिने धम्कि आइरहेको छ। उनलाई बिगत एक महिना देखि अपरिचित नम्बरबाट फोन आएको र ज्यान लिने धम्कि आइरहेको बताईएको छ। उदितको यस्तो घटनाका लागि मुम्बई पुलिसले खोज तलास सुरु गरेको छ।
सुरुको अनुसन्धानबाट जुन नम्बरबाट कल आएको थियो उक्त व्यक्तिको लोकसन बिहार रहेको र फोनको आइएमइ आइ (IMEI) नम्बर वाचम्यानको नाममा सेभ गरिएको भेटिएको छ। उदितले प्रहरीलाई दिएको जानकारी अनुसार उक्त फोन गर्ने व्यक्ति रवि पुजारी गैंगको रहेको र बारबार पैसाको माग गरि गाली गलौच गरिरहेको बताएका छन। यसका साथै आफुलाई अहिले सम्म सोहि नम्बरबाट ३ पटक सम्म धम्कि आइसकेको बताएका छन्।
उदितको यस समस्यामा प्रहरीले भरपुर सहयोग गरिरहेको छ साथै घरको सुरक्षामा पनि उचित ध्यान दिएको छ। जानकारीका अनुसार उदितको घर बाहिर पनि उनको सुरक्षाका लागि सादा पोशाकमा पुलिसहरु तैनाथ रहेका छन।