३०८ जना गर्लफ्रेन्ड भएका संजयको तेस्री श्रीमती हुन् मान्यता !

एजेन्सी , बलिउडका मुन्ना भाई यानी संजय दत्त आजभोली आफ्नो पारिवारिक जीवनमा अधिकांश समय बिताईरहेका छन्। संजय र मान्यता पछिल्लो समय आफ्नो वैवाहिक जीवनमा कति खुसि छन् भन्ने कुरा तस्बिरबाट नै प्रष्ट हुन्छ। बलिउडमा ब्याड ब्वाईको नामले परिचित संजु बाबाको जीवनमा ‘अल ईज वेल’ भएको छ। संजयको जीवनमा यत्तिको परिवर्तन आउनुको क्रेडिट उनकी श्रीमती मान्यतालाई जान्छ।

मान्यता संजयकी तेस्री श्रीमती हुन्।  दुई पटक सम्म बिवाह गरेका संजयको दुवै बिवाह असफल भए पछि उनले तेस्रो पटक मान्यताका साथमा बिवाह गरेका हुन्।  सन् २००५ मा चलचित्र ‘गंगाजल’ मा आइटम डान्स गर्ने दिलनवाज शेख उर्फ मान्यताले आइटम डान्सका साथै विभिन्न चलचित्रमा समेत काम गरेकी छिन। सोहि समयदेखि नै संजय र मान्यता एक अर्काका नजिक हुन पुगेकी थिइन्।

संजय र मान्यताको दोस्तीमा मान्यताले संजयलाई बढी मान्यता दिन थालिन र पुरै उनको जीवनमा कब्जा जमाएर राज गर्न सफल भईन। अन्तत करिब डेढ बर्षको प्रेम सम्बन्ध पश्चात संजय र मान्यताले सन् २००७ नोभेम्वर १९ मा कानुनी रुपमा बिवाह गरेका हुन्।

बिवाह गरेको केहि समय पछि कानुनी हतियार लुकाएको आरोपमा संजयलै ६ बर्षको जेल सजाय सुनाईएको थियो।  जहाँ मान्यताले उनलाई छायाको रुपमा रहेर साथ दिएकी थिइन्। संजयका परिवारले मान्यतालाई मन नपराएता पनि सन् २००८ मा यी दुईको हिन्दु मान्यता अनुसार विवाह भएको थियो।

मान्यताको बिवाह मिराज शेख नामक व्यक्तिका साथ विवाह बन्धनमा बाँधीएकी थिइन्।  बिवाह भएको ६ महिना पछि मान्यता र मिराज्को सम्बन्ध बिच्छेद भएको हो। हाल संजय र मान्यता आफ्नो सुखद वैवाहिक जीवन बिताईरहेका छन।  संजय र मान्यताले  सन् २०१० मा जुम्ल्याहा बच्चाको जन्म दिएका हुन्।

प्रकाशित : सोमबार, साउन १३, २०७६०७:२९

उठ्ने बितिक्कै हिरोइनको बारेमा सोच्दै मदिराले कुल्ला गर्थे संजय दत्त, बाबुले नै गरे खुलासा…