उठ्ने बितिक्कै हिरोइनको बारेमा सोच्दै मदिराले कुल्ला गर्थे संजय दत्त, बाबुले नै गरे खुलासा…

२९ जुलाई १९५९ मा संजय जन्मेपछि  महान कलाकार  नरगिसले कहिले पनि सोचेकी थिईन् होला कि आफ्नो छोरा कुन-कुन बाटोमा हिड्छ। १९७७ सालमा  संजय लरेन्स स्कूलबाट १८ वर्षको उमेरमा घर फर्के। मुम्बईको एक कलेजमा संजू बाबाको एडमिशन गरिएको थियो।  यसैक्रममा उनलाई ला’गूप’दार्थ लिने  लत लागेको थियो ।

एक अन्तर्वार्तामा बताइएको थियो कि उनी धेरै दिनसम्म एउटै कोठामा बन्द रहन्थे।  संजयको साथ कैयौँ हिट फिल्म दिएका  महेश भट्टले   रेडियो शो ‘भट्ट नेचुरली’ मा उनको बारेमा कुरा गर्दै बताएका थिए कि एक समय यस्तो पनि थियो कि संजय बिहान उठ्ने बितिक्कै हिरोइनको बारेमा सोच्थे  अनि मदिराले कुल्ला गर्थे ।

एक अन्तर्वार्तामा  संजय दत्तले बताएका थिए कि उनले लुकेर  बाथरूममा चुरोट खादा  अचानक  पिता सुनील दत्त आएर उनलाई जुताले हानेका थिए।  संजय दत्तलाई ला-गूपदार्थको यति बानी  परेको थियो कि एक पटक ला-गूपदार्थ लिएर २ दिनपछि उठ्थे ।  चर्चित  निर्देशक  महेश भट्टले बताए कि  संजय दत्तको लागि  हीरोइनको  लतबाट निक्लन निकै मुस्किल  रहेको थियो। उनले आफ्नो  ट्वीट मार्फत बताएका थिए कि, ‘संजय दत्तको लागि नशाको लतबाट निक्लन निकै मुस्किल रहेको थियो। ‘  महेश भट्टले संजय दत्तसँग कैयौँ फिल्ममा काम गरेका छन्।  यसमा कब्जा, दुश्मन र सडक फिल्म पर्छ।

संजय दत्तले आफ्नो अन्तर्वार्तामा  भनेका छन् ,” जति पनि ला-गूपदार्थ छ , मैले सबै सेवन गरेको छु।  भनिन्छ कि १० जनामा एकलाई केहि न केहि चिजको लत हुन्छ। यो लत  खाने, जुवा खेल्ने , मदिरा पिउने वा ला-गूपदार्थ लिने।  म १० मा एक थिए। ला-गूपदार्थ लिनु एक खालको बिरामी हो।  एक ड्र-गएडिक्टलाई कसैले पनि  स्वीकार गर्दैन तर बुबाले मलाई स्वीकार गर्नुभयो। उहाँले  प्रोड्यूसर्सलाई भन्थे कि तिमी मेरो छोरालाई लिनुभन्दा अगाडी सोच किनकी उसले ला-गूपदार्थ लिन्छ। “

प्रकाशित : सोमबार, साउन १३, २०७६०९:०२

दिलिप पुत्री दिव्याको डेब्यु हल्ला मात्र , यसकारण लक्का जवान नगर्ने !