दिलिप पुत्री दिव्याको डेब्यु हल्ला मात्र , यसकारण लक्का जवान नगर्ने !

काठमाडौँ साउन १३ , कुनै समय नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गर्न सफल अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या रायमाझीले चलचित्रमा डेब्यु गर्न लागेको खबरले फिल्मी बजार निकै नै तताएको थियो। उनले हाँस्य कलाकार शिवहरि पौड्यालले निर्देशन गर्न लागेको चलचित्र ‘लक्का जवान’ बाट चलचित्रमा डेब्यु गराउन लगिएको भए पनि अब आफ्नो अध्यनलाई नै निरन्तरता दिने सोचका साथमा दिव्याले उक्त चलचित्र नगर्ने भएकी छिन।

किरण केसी र दिलिप रायमाझी सह निर्माता रहने चलचित्र बाट नै दिब्यालाई चलचित्र क्षेत्रमा भित्र्याउने तयारी गरिएको भएता पनि उनको पढाई सकिन अझै १ बर्ष बाकी रहेकाले पढाईलाई  नै निरन्तरता दिनका लागि तत्कालका लागि उनलाई चलचित्रमा नल्याउने योजना बनाईएको हो।

केहि समय यता अमेरिका बस्दै आएकी दिलिप पुत्री दिब्याको सुन्दरताको चर्चा चलचित्रमा प्रवेश गर्नु पुर्व नै चुलिएको छ।  उनले सामाजिक सन्जालमा शेयर गरेका हरेक तस्बिरहरु पछिल्लो समय भाइरल समेत हुदै गइरहेको छ। दिव्याले चलचित्रमा काम गर्न इच्छा प्रकट गरेको भएत पनि तत्कालको लागि  अध्ययन बाधक बन्न पुगेको छ।

आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रमा ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहनेछ।  कमेडी जनरामा निर्माण हुने भनिएको फिल्ममा दिलिप रायमाझी मुख्य भूमिकामा रहनेचन भने उनका साथमा अभिनेत्री प्रियंका  लगभग पक्का पक्कि भईसकेको छ।  यसका साथै फिल्मका लागि एक जना नायक र एक नायिकाको अझै खाँचो परिरहेको शिवाहरिले जानकारी गराएक छन।

 

 

प्रकाशित : सोमबार, साउन १३, २०७६१२:१५

प्रियंका चोपडासँग बच्चा देखिएपछि गरियो यस्तो प्रश्न !