कक्षा १२ को नतिजा प्रकाशन आज , कसरी हेर्ने नतिजा ?

फाइल तस्बिर

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा उतीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को नतिजा सोमबार (आज) प्रकाशित गर्ने भएको छ ।

साँझ ५ बजे सम्म कक्षा १२ को सबै विषयको नतिजा प्रकाशन गर्ने तयारी भइरहेको परीक्षा बोर्डले जनाएको हो ।

आइतबार प्राविधिकसहितको उपस्थितिमा नतिजाको शुद्धता परीक्षण गरिएकोमा कुनै त्रुटी नभेटिएपछि सोमबार बोर्डको बैठक बसी नतिजा प्रकाशित गर्न लागिएको हो ।

कक्षा १२ को गत परिक्षामा देशभरबाट जम्मा चार लाख ३५ हजार विद्यार्थी सहभागी भएका थिए ।

नतिजा हेर्ने तरिका :

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरिसकेपछि विभिन्न मध्यमबाट हेर्न सकिन्छ । इन्टरनेटमा नेपाल टेलिकमको वेबसाईट neb.ntc.net.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि नतिजा हेर्न सकिन्छ भने मोबाईल एसएमएस बाट NEB लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा SMS पठाएर पनि आफ्नो नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

प्रकाशित : सोमबार, साउन १३, २०७६०६:०१

‘म मरे पनि दुई दाजुहरू छन् , म त हजुरकाे नालायक छाेरा न परे’ !