काठमाडौँ : नेपाल कम्नियुष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले आफूलाई हेग (अन्तर्राष्ट्रिय अदालत) लगे संसारभर परिचित हुने बताएका छन्।
सोमबार खुमलटारमास्थित निवासमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले देशमा संघियता विरोधी तत्वको चलखेल बढेको बताउदै आफूलाई हेग पुर्याए केहि फरक नपर्ने बरु विश्वभर परिचित भएर “हिरो” बन्ने बताएका हुन्।
नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको प्रतिवन्धित नेकपाका केहि नेता कार्यकर्तालाई सत्तारुढ नेकपामा भित्रयाउदै अध्यक्ष प्रचण्डले भने ‘हेग लगेर पनि मलाई केही फरक पर्ने वाला छैन, हेग लगे भने त म झन विश्वकै हिरो भएर निस्कन्छु,। संसारभरिका जनताले आफूलाई यो त न्यायको पक्षमा रहेछ शान्तिको पक्षमा रहेछ भनेर चिन्ने मिल्ने दाहालले दाबी गरे। त्यो त मेरो लागि गर्वको कुरा हुन्छ, तर मलाई लाग्दैन तिनीहरुले लान्छन् र विश्वको हिरो बनाउँछन्।’
उनले ढिलो चाडो विपल्वपनि सत्तारुढ नेकपामा आउनुको विकल्प नरहेको बताउदै दुईचार जना लिएर क्रान्ति गर्नु भन्नु ठूलो भूल भएको धारणा व्यक्त गरेका थिए। विप्लव सत्तारुढ नेकपामा नआए पुरै सिद्धिएर जाने उनले दावी गरे। ‘विप्लव पनि ढिलो चाँडो यहिँ आउनुपर्छ , नत्र सिद्धीनुपर्छ, उनले भने।’
ठूलो संघर्षपछि आएको परिवर्तन उल्ट्याउन केहि प्रतिक्रियावादी लागिपरेको उनको भनाइ थियो।

