काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ ।
स्कुल विभागको जिम्मेवारी बाँडफाँडका विषयमा सहमति जुटाउन बसेको नेकपा सचिवालय बैठक विना निष्कर्ष टुंगिएको हो ।
पार्टीको स्कुल विभागका विषयमा पूर्व माओवादी र एमालेले आ-आफ्नो अडान कायमै राखेपछि बैठक विना निष्कर्ष सकिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकरी दिए ।
उनका अनुसार नेकपाको सचिवालय बैठक आउँदो २८ गते मात्र बस्ने गरि स्थगित भएको हो ।