१९ अर्बका चेक घर्रामा

काठमाडौं : आर्थिक वर्ष सकिएको दुई साता बितिसक्दा पनि १९ अर्ब रुपैयाँ बराबरका चेक साट्न बाँकी छ । असार मसान्तसम्म चेक काटे पनि विकास निर्माणका काम गर्ने र वस्तु तथा सेवा आपूर्ति गर्ने ठेकेदारलाई सम्बन्धित कार्यालयले हस्तान्तरण नगर्दा साट्न ढिलो भएको कोष तथा लेखा नियन्त्रक कार्यालय स्रोतले बतायो ।

विगतदेखि नै आर्थिक वर्षको अन्तिममा चेक काट्ने तर ठेकेदारलाई समयमा हस्तान्तरण नगर्ने प्रवृत्ति छ । कोष तथा लेखा नियन्त्रक कार्यालयले भुक्तानीको चेक सम्बन्धित खर्च निकायमा पठाए पनि ठेकेदारसँग मोलमोलाइका लागि समयमा हस्तान्तरण नगरेको पूर्वअर्थसचिव रामेश्वर खनाल बताउँछन् । यो समाचार अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ। समाचार पवन तिमिल्सिनाले लेखेका हुन्।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार असारमा काटिएका २४ हजार नौ सय १७ चेक साट्न बाँकी छ । यस्तो चेक करिब १९ अर्ब रुपैयाँका छन् । अझै पनि चेक नसाटिनु आर्थिक अनुशासनको बर्खिलाप भएको पूर्वअर्थसचिव खनाल बताउँछन् । साउन १३ गतेसम्म पनि चेक नसाटिनुलाई चलखेल भएको हुन सक्ने उनले बताए । उनले भने, ‘यत्रो समयसम्म कर्मचारीले चेक घर्रामा राखेर ठेकेदार तथा आपूर्तिकर्तासँग ‘बार्गेनिङ’ गर्छन् ।’

प्रकाशित : मङ्गलबार, साउन १४, २०७६००:५०

सामान्य प्रशासनका कर्मचारीको भ्रमण मोह : एक वर्षमै १६७ विदेश पुगे, चीनमा मात्र १०४